स्वदेश फर्कन लागेकाहरुलाई दूतावासले सोध्यो : देशमै केही गर्ने इच्छा छ कि ?

योगेन्द्र योगी
६ असार, दोहा ।

साउदीबाट कोरोना संक्रमणको असहज परिस्थितिका कारण तथा करार अवधि सकेर स्वदेश फर्कने युवाहरुलाई देशमै केही काम गर्न साउदीस्थित नेपाली दूतावासले आग्रह गरेको छ। विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मूलुकले धेरै अपेक्षा गरेको भन्दै स्वदेशमै केही गर्न आग्रह गरेको जनाएको छ ।

विदेश बसाइका क्रममा तपाईहरुले यहाँ भोग्नु परेका तिता‚ मीठा र अप्ठ्याराहरु झेल्दै लामो अनुभव हासिल गर्दै विदेशमा हाँसिल गरेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मुलुकले धेरै अपेक्षा गरेको छ दूतावासले भनेको छ।

Advertisement

सरकारले नेपालमा कृषि क्षेत्रको आमूल विकास गरी उत्पादनको आयातमाथिको निर्भरतालाई कम गर्ने लक्ष्य अघि सारेकाले कृषिमा संलग्न भई आत्मनिर्भर बन्न दूतावासले सुझाव दिएको छ ।

कतिपय अवस्थामा कोरोनाले अप्ठ्यारो परिस्थिति सिर्जना गरे पनि आफ्नो देशमा फर्किएर देशको माटोमा केही गर्ने अवसर समेत जुटाइदिएको दूतावासको भनाइ छ।

Advertisement

नेपाल सरकारले कृषि क्षेत्रको आमूल विकास गरी कृषि उत्पादनको आयात माथिको नर्भरतालाई कम गर्दै जाने लक्ष्य लिएको छ । विदेशबाट फर्किने जनशक्तिलाई लक्षित गरेर सरकारले कृषिक्षेत्रको विकासका कार्यक्रम ल्याएको छ ।

कृषिक्षेत्रको विकासमा अतिरिक्त रोजगारी सिर्जनाका अन्य क्षेत्रलाई समेत सरकारले महत्वका साथ समेटेको छ । कृषि क्षेत्रको सुधार अन्तर्गत लगानीमा प्रोत्साहन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि तथा पशु व्यवसायमा अनुदान, निशुल्क कृषि तालिम, वीमाको भरपर्दो व्यवस्था कृषि क्षेत्रमा प्रवाह हुने ऋणको व्याजमा भारी सहुलियत, कृषि उपजको अग्रिम मूल्य निर्धारण, उत्पादनमा सहुलियत लगायत दर्जनौँ उत्प्रेरणात्मक र व्यवहारिक कार्यक्रमहरु ल्याएको छ ।

देशको थुप्रै उर्वर भूमि वर्षौंदेखि उत्पादनहीन् अवस्थामा रहेको छ । मुलुकलाई चाहिने महत्वपूर्ण श्रम शक्ति मुलुक बाहिरको रोजगारीमा रहेको हुँदा यो क्षेत्र ओझेलमा परेको छ । स्थानीय स्तरमा समेत रोजगारीका अवसर सृजना गरी देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा जनशक्ति मुलुकको विकासमा प्रत्यक्ष संलग्नता आवश्यक रहेको छ । कोरोना संक्रमणको जटिल परिस्थितिले यो अवसर जुटाइदिएको छ ।

तसर्थ, तपाइँहरुको वैदेशिक रोजगारीको अनुभव समेतका माध्यमबाट व्यवसायिक कृषि तथा पशुपालन, स्थानीय स्तरमा रोजगारी सृजनाका अन्य उपायहरु तथा स्थानीय स्तरमा सामाजिक र आर्थिक पूंजी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिने भएको हुँदा संगठित वा व्यक्तिगतरुपमा अगाडि आएर यो क्षेत्रमा क्रियाशील रहन स्वदेश फर्किन लागेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

साउदी अरबमा रहेर पनि कतिपयले मुलुकमा कृषि तथा पशुपालन र रोजगारीका अन्य क्षेत्रमा संगठित लगानीको शुरुवात गरिसकेकाे बताउँदै दूतावासले वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउँदै मुलुकको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेकाे छ ।

कोरोना संक्रमणका महामारीका समयमा धेरै दुःख कष्ट सहेर धैर्यतापूर्वक स्वदेश फर्किने दिनको प्रतिक्षामा बसेकाेमा सबैप्रति नेपाली दूतावासले धन्यवाद व्यक्त गरेकाे छ । साउदीबाट शनिबार हुने भनिएको चार्टर उडान जुन २३ हुने भएको दूतावासले जनाएको छ । बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top