बर्खा लागेपछि सडक जथाभावी भत्काइँदै, बनाइँदै

काठमाडौँ : गुहेश्वरीको प्रवेशद्वार गौरीघाटमा बर्सेनिजसो खानेपानीको पाइप लिक भएर सडक हिलाम्मे हुन्छ । यहाँ वर्षैपिच्छे सडक भत्काएर पाइप टालिरहनुपर्छ । पानी चुहिएर सडक बिग्रिएपछि केही समयअघि यो खण्डमा ढलान गरियो । पानी चुहिन भने छाडेको छैन ।

‘धारामा राम्रोसँग पानि आउँदैन तर सडक जलमग्न हुन्छन्,’ गौरीघाटस्थित गुहयेश्वरी विनायक युवा क्लबका सचिव परमेश्वर पौडेलले भने, दिगो रूपमा पाइप व्यवस्थापन नगर्दा बर्सेनि समस्या दोहोरिने गरेको छ ।’

उनका अनुसार ढलान गरिएको सडकमा पानी लिक भएपछि भत्काएर टालिएको हो । मित्रपार्कमा पनि समस्या उस्तै छ । यो खण्डमा बर्खामा प्राय: पानी लिक हुन्छ । टाल्ने त गरिन्छ । तर दिगो छैन । ‘कहाँकहाँ खानेपानीका पाइप भूमिगत छन् भन्नेबारे सम्बन्धित निकाय नै जानकार छैन,’ पौडेलले भने, ‘त्यसैले जहाँ पानी लिक हुन्छ, त्यहाँ सडक भत्काएर बजेट सक्नेबाहेक केही काम भएको छैन ।’ जबसम्म बजेट सक्ने गरी मात्र काम हुन्छ, तबसम्म यस्ता समस्या आइरहने उनले बताए ।

गौरीघाट, मित्रपार्क मात्र होइन, चाबहिल चोकमा पनि बर्सेनि यस्तै समस्या दोहोरिने गरेको छ । पानी लिक हुँदा सडक प्राय: जलमग्न हुन्छ । कालोपत्र गरेको सडकलाई खनेर टाल्ने गरिन्छ । अहिले बिजुलीका तार भूमिगत गर्ने भनेर सडक छेउमा खनिएको छ, यसले गर्दा सर्वसाधारणलाई फुटपाथमा हिँड्न सकस छ । पानी चुहिने समस्या उपत्यकाका प्राय: सबै ठाउँमा छ । यस्ता समस्या बर्खाअघि समाधान गरिँदैन ।

जब बर्खा लाग्छ, तब धमाधम सडक भत्काएर पाइप मर्मतको काम थालिन्छ । अहिले पनि असार लाग्नसाथ मर्मतको काम सुरु भएको छ । नयाँ कालोपत्रसमेत भत्काएर पाइप मर्मतको काम गरिँदै छ । बाँसबारी, लाजिम्पाट, तीनकुने, डिल्लीबजारको चारखाल, कीर्तिपुर, चाबहिललगायत क्षेत्रमा सडक भत्काएर खानेपानीका पाइप मर्मत गर्ने कामलाई यतिबेला तीव्र पारिएको छ । सडक विभागले बर्सेनिजस्तो लाखौं खर्चेर सडक मर्मत गर्छ । कालोपत्र गर्छ । नयाँ सडक बनाउँछ । तर त्यही सडक भत्काएर पानी लिक भएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप टाल्ने काम थाल्छ । असारअघि सडक विभाग बनाउन र त्यसपछि खानेपानी लिमिटेड सडक भत्काउन सक्रिय हुने गरेजस्तो देखिन्छ । याे खबर आजकाे कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top