स्वास्थ्यकर्मीमाथि आक्रमणः छानबिन समितिले बुझायो प्रतिवेदन

१७ जेठ ७८, मंगलबार

१८ जेठ, नेपालगञ्ज ।

नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।

सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

Advertisement

संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिनउत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।

उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ ।

गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए । घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो ।

भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो ।

अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकका नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top