२९ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको शव व्यवस्थापन गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शव व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिइएको छ ।