स्विट्जरल्यान्डको रेलमा तीन किलो सुन छोड्ने यात्रुको खोजी

१ असार, एजेन्सी ।
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मानिसहरूले बेलाबेलामा आफ्नो सामान छुटाउँछन्।

Advertisement

स्विट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै छुटाएको सार्वजनिक भएको छ। गत अक्टोबरमा रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्ति पत्ता लगाउन प्रयास जारी छ। झन्डै दुई करोड नेपाली रुपैयाँ मूल्यको सो झोला सेन्ट गाल्लेन र लुसेर्नबीचको रेलमा भेटिएको थियो।

एउटा सरकारी विज्ञप्तिमा त्यसको मालिकलाई प्रमाणसहित झोला लिन आउन पाँच वर्षको म्याद दिइएको छ। झोला अक्टोबरमा भेटिएको भए पनि अधिकारीहरू मालिक पत्ता लगाउन असफल भएपछि अहिले त्यसको विवरण सार्वजनिक गरिएको हो। अधिकारीले कस्तो प्रमाणलाई मान्यता दिन्छन् भन्ने कुरा स्पष्ट छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top