×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

शैक्षिक गतिविधिमा प्रविधिको प्रयोगलाई नयाँ अवसरका रुपमा लिनुपर्छः प्रधानमन्त्री ओली

१ असार २०७७

१ असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उनले जनाए ।

Advertisement
Advertisement

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालन थालेको छ । प्रधानमन्त्रीले ती कक्षामा सहभागी हुन आग्रह गरेका हुन् । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ उनले भने ।

सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुनः सञ्चालन गर्ने समेत उनले बताए । वैकल्पिक कक्षाले विद्यार्थीको ज्ञानमा महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्रीले बताए । वैकल्पिक कक्षाका लागि आवश्यक सामग्री शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने प्रधानमन्त्री ओलीले जनाए ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरे । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्,’ विद्यार्थी, अभिभावकलाई निराश नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।,

Advertisement
Advertisement

यो प्रविधिलाई घरघरमा पुर्‍याउने अवसर पनि हो ।’ प्रधानमन्त्रीले वैकल्पिक कक्षामा सहभागी देशभरका ६० लाख विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top