हवाइ भाडा अधिकतम ११ सयसम्म घट्यो

२२ जेठ ७७, शुक्रबार

२२ जेठ, काठमाडौँ ।
हवाइ भाडा अधिकतम ११ सय ५ रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाँ र सरकारले बजेटमार्फत प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर हटाएपछि हवाइ भाडा घटेको हो ।

सर्वाधिक आन्तरिक उडान गर्दै आएको बुद्ध एयरले कम्तीमा २ सय २५ देखि ११ सय ५ रुपैयाँसम्म हवाई भाडामा लिइने फ्यूल चार्ज घटाएको छ । बुद्ध एयरले सबभन्दा बढी काठमाडौं–धनगढी र सबैभन्दा कम काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ घटाइएको जनाएको छ । बुद्धले वायुसेवा संचालक संघमा भाडा घटाएको जानकारी गराउदै संघका प्रवक्ता योगराज कडेलले अरु वायुसेवा कम्पनीले घटाएको भाडा दर बुझाइ नसकेको बताए ।

बुद्धले लकडाउनमा केहि चार्टर उडान भएपनि खुलेलगत्तै उडानका लागि व्यापक तयारी भइरहेको जनाएको छ । वायुसेवा कम्पनीले कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको मापदण्ड अनुसार, ‘सुरक्षा निर्देशिका’पनि ल्याइसकेको छ । रक्षा निर्देशिकाले यात्रु, कर्मचारी, जहाजको विशेष सरसफाईर्, याम्पबस, कर्गो ट्रली, काउण्टर तथा कार्यस्थललाई कसरी भाइरसबाट सुरक्षित राख्ने उल्लेख गरेको छ ।

Advertisement

सुरक्षा निर्देशिका अनुसार आउने सातादेखि आफ्ना कर्मचारीहरुलाई तालिम प्रदान गर्ने र तालिम सकिएपछि उडानपूर्व अनिवार्य गरिने अभ्यास पनि गर्ने बुद्धले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top