×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कोभिडका लागि सरकारले ल्याउने भयो जनस्वास्थ्य विपद् सम्बन्धी ऐन (अन्तरवार्ता)

२२ जेष्ठ २०७७

काठमाडाैँ : नेपाल सरकारले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च अधिकारीहरुसँग छलफल गरी यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पठाउने निर्णय पनि गरिसकेको छ । कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपतकालिन योजना अनुसार संक्रमितको संख्या २ हजार नाघेपछि जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न लागिएको हो । यसै सन्दर्भमा काठमाडौस्थित हाम्रा संवाद्दाताले नेपालमा कोरोना संक्रमणको अवस्था र जनस्वास्थ्य विपद अवस्थाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीसँग गरेको कुराकानीको सारः

जनस्वास्थ्य विपद सम्बन्धी ऐनको कुरा आइरहेको छ । यो भनेको के हो ? यो कस्तो अवस्था हो ?
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको पुरै रेस्पोन्स कसरी गर्ने, प्रतिकार्य कसरी गर्ने, आगामी दिन कसरी हुन्छन भन्ने हिसाबले एउटा योजना तयार गरेको छ । त्यो योजना अनुसार के के रणनीतिहरु जान्छन भन्ने कुरा तयार भएको रणनीति अनुसार योजना तयार भएको अलि अगाडि नै हो । त्यो प्लान अनुसार हामीले यति केस भयो भने यो चरणमा जान्छौं र यो चरणमा गयो भने यो काम गछौं भनेर बनाएको योजना अनुसार अहिलेको अवस्थामा हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो बसेको उच्च स्तरीय समितिको बैठकमा भएको छलफल र निर्णय अनुसार अव त्यो प्लानको आधारमा हामी २ हजार भन्दा माथि सक्रिय केसहरु रहेको अवस्थामा पुगेका छौं । त्यो पुगिसकेपछि अव हामीले संक्रामक रोग ऐन र जनस्वास्थ्य सेवा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै कोभिडको रेस्पोन्सको लागि हामीले अवको दिनमा जनस्वास्थ्यको विपदको अवस्था आपतकालिन अवस्था घोषणा गरेर हामीले गरिराखेका रेस्पोन्सहरु जुन हामीले प्रतिकार्यहरु गरिराखेका छौं ति कुराहरुलाई व्यवस्थित गर्दै अव यसरी जानुपर्छ यो काम गर्नुपर्छ भनेर तय गरिए अनुसार हामीले तयारी गर्न खोजेको हो । त्यो नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय हुने कुरा हो । त्यो निर्णय भएपछि र निर्णय हुने क्रममा के के गर्न हुने के के गर्न नहुने कस्तो कस्तो अवस्थामा काम गर्ने भन्ने कुराहरु निर्णय हुँदाखेरी सबै कुरा समावेस भएर आउने छन् । त्यसरी घोषणा गर्दाखेरी नेपाल सरकारको एकजना उच्च तहको कर्मचारीलाई अधिकारी तोक्नुपर्ने छ र उहाँले दिएको निर्देशन अनुसार अरु कामहरु अगाडि बढ्ने गरी संक्रामक रोग ऐन अनुसार, राष्ट्रिय जनस्वास्थ्य ऐनले दिएको अधिकार अनुसार अगाडि बढ्ने बाटो तय हुन्छ ।

Advertisement
Advertisement

स्वास्थ्य विपदको अवस्थालाई अहिले त हामीले कोरोना सँग सम्बन्धित रहेर यसलाई ब्याख्या ग¥यौं । तर अन्य अवस्थामा पनि के के भयो भने यो अवस्था आउन सक्छ भनेर परिकल्पना गरिएको छ ?
अहिलेको लागि हामीले हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लान बनाएका छौं भनिएको छ त्यो कोभिडको लागि मात्रै बनाएको रेस्पोन्स प्लान हो । त्यो रेस्पोन्स प्लानमा भएको व्यवस्था चाहिं २ हजार भन्दा बढी सक्रिय केसहरु भए एउटा प्रदेश वा एउटा स्थानीय तह भन्दा बढीमा संक्रमण पैmलिदै गयो त्यहाँ संक्रमणको समस्या अलि बढी हुँदै गयो भने नेपाल सरकारले यसरी तोकेर अरु सपोर्टहरुको लागि थप समन्वय गर्ने, त्यसको लागि अरु पहलकदमीहरु गर्ने, हामीले अहिले गरिरहेको जति पनि केसहरु पोजेटिभ पुस्टि हुन्छ त्यो सबैलाई अस्पताल लगेर उपचार गरिरहेको अवस्थामा अव त्यसलाई पुर्नविचार गरेर पोजेटिभ भएको होइन कि लक्षण भएको, समस्या भएको व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा लैजाने र स्वास्थ्य कर्मिहरु कसरी परिचालन गर्ने । अरु सपोर्टहरु कसरी लिने हाम्रा भएका रिसोर्सहरुलाई कसरी जोहो गर्ने भन्ने कुराहरुको रेस्पोन्स प्लानमा लेखे अनुसार हामी अगाडि बढ्ने कुरा त्यसमा योजनाले स्पस्ट गर्ने कुरा एउटा पाटो छ । अर्को कोभिड भन्दा बाहिर रहँदा खेरी संक्रामक रोग ऐनको आधारमा अथवा जनस्वास्थ्य सेवा ऐनको आधारमा जनस्वास्थ्यको आपतकालिन अवस्था कसरी घोषणा गर्ने भन्ने अहिले उब्जिएको जिज्ञसा छ त्यसमा चाहिं कुनै एउटा प्रदेश अथवा स्थानीय तह भन्दा बढीमा धेरै ठाउँमा चाहिं स्वास्थ्यसमस्याहरु अथवा संंक्रामक रोगहरुको समस्या फैलिदै गयो त्यहाँ आपत हुन थाल्यो भने सम्बन्धित स्थानीय तहले मात्रै गर्न नसक्ने भएर नेपाल सरकारले त्यसरी निर्णय गरेर अगाडी बढ्नु पर्छ । त्यसको लागि सम्बन्धित कार्यदिशाहरु तय गर्नुपर्छ भन्ने आधार ऐनमा स्पस्ट छ । त्यसैको आधारमा हामी गर्छाैं । अरु संक्रामक रोगमा पनि त्यसैको आधारमा गर्छौं । अहिलेको हकमा हामीसँग रेस्पोन्स प्लान समेत भएको अवस्था हो ।

यस्तो अवस्थामा जनताले कस्ता कस्ता न्यूनतम सेवाहरु पाउँछन? अथवा कुन कुन सेवाहरु अहिलेका लागि निलम्बन हुन्छन ?
ऐनमा भएको व्यवस्था अनुुसार घोषणा गर्दाखेरी नै कसलाई अधिकार प्रत्यायोजना गर्ने र के के सेवा सुविधाहरु गर्ने कसरी गर्ने भन्ने कुराहरु घोषणा हुने क्रममै मन्त्रिपरिषद्ले निर्णय गरेर निर्धारण गरे अनुसार हुने व्यवस्था हो त्यो । अहिले लाई यसरी गर्ने भनेर निर्णय भएको अवस्था छैन ।

कोभिडको बारेमा थोरै कुरा गरौं । अहिले विश्व परिवेस र हाम्रो अवस्थालाई हेर्दा हामी कुन चरणमा, कस्तो अवस्थामा छौं ? समाचारमा आएजस्तो यो बढ्दो अझ फैलदो वा नियन्त्रण भन्दा बाहिर भनेजस्तो छ कि अरु केही छ ?
विश्वव्यापी अवस्थासँग हाम्रो नेपालको कोभिडको रेस्पोन्स अथवा कोभिडको अवस्था तुलना गर्ने हो भने अहिले सम्म हामी अहिले सम्म धेरै जनताहरुले दुःख कस्ट गरेर जुन लकडाउनको पालना गरिदिनुभएको छ घरमा बस्दिनुभएको छ । सरकारले भने अनुसार धेरै कुराहरु मानेर जसरी गर्नुभएको छ त्यसको परिणाम स्वरुप हामी विश्वको अरु देशहरुको तुलनामा राम्रो अवस्थामा छौं । अरु देशहरुमा धेरै केसहरु बढी सकेको धेरै समस्याहरु भइसकेको अवस्था हुन्थ्यो यो अवस्था सम्ममा भने हाम्रोमा त्यो अवस्था नआउनुको कारण चाहिं सरकारले समयमा गरेको निर्णय र त्यो निर्णयलाई जनताहरुले बुझिदिएर मानिदिएर एकठाउँमा आएर कुरा बुझिदिएको हुनाले हामी अहिले सम्म सफल छौं । अहिले सम्मको हाम्रो अवस्था कस्तो हो भनेर कुरा गर्दाखेरी हामीकोमा जतिपनि पोजेटिभ केसहरु पुष्टि भएको देखिएको छ त्यो भनेको विदेशबाट आएर क्वारेन्टाइनमा बसेको व्यक्तिहरु अथवा क्वारेन्टाइनमा बस्नु भन्दा पहिला उहाँहरुको सम्पर्कमा आउनुभएको छ भने त्यस्तो व्यक्तिहरुमा मात्रै देखिएको छ । यसलाई विश्व स्वास्थ्य संगडठन (डब्लुएचओ) ले बनाएको परिभाषा अनुसार, डब्लुएचओले पहिला विदेशबाट इम्पोर्ट हुन्छ केस त्यसपछि ठाउँठाउँ विशेषमा हुन्छ स्पोरेडिकक रुपमा हुन्छ भने अनुसार अहिलेको अवस्थामा स्पोरेडिक अवस्थामा छौं । त्यस भन्दा पछिको चरण भनेको समुदायमा सर्न थाल्छ । समुदाय समुदायबीच मै संक्रमण फेलिन थाल्छ । त्यसमा कहाँबाट संक्रमण आयो के भयो भन्ने कुरा थाहा पाउन गाह्रो हुने अवस्था हुन्छ । त्यस्तोमा हाम्रो रोगसँग लडने क्षमता कम भएका वृद्धवृद्धाहरु अरु रोगहरु भएका व्यक्तिहरु जो हुनुहुन्छ उहाँहरुलाई त्यो रोगले बढी गाल्ने र मृत्युसम्म हुने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिनलाई अहिले सम्म हामी सफल भएका छौं । विस्तारै त्यो अवस्था नआओस र विस्तारै एउटा हार्ड इमिन्युटी प्राप्त गरेर संक्रमणको दर कम हुँदै गएर हाम्रो एकदमै न्यूनतम क्षतिमा यो रोगबाट हामी उन्मुक्ति पाउने विषयमा सबै सर्वसाधारणहरु, सञ्चारकर्मीहरु, जनप्रतिनिधिहरु जति व्यक्ति सबै जनाले एउटै उद्देश्यका लागि यसरी गर्नुपर्छ भनेर हातेमालो गरेर सबैको बुझाई एउटै हुन सक्यो भने हामी अहिले सम्म पाइरहेको सफलता पछिसम्म पनि निरन्तरता हुन्छ ।

अव चरणको कुरा गर्दा हाम्रो रेस्पोन्सको चरणमा चाहिं हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लान बनाउँदा खेरी चाहिं हाम्रो देश भित्रको चरणको कुरा गर्दा खेरी हामी पहिलो चरणमा २ हजार सम्म केस हुँदा खेरी एउटा चरण भनेर भनेका छौं र यो अवस्थामा हरेक पोजेटिभ भएका केसहरुलाई हामीले अस्पताल लैजान्छौं । उहाँहरुको अवलोकन गछौं । त्यसमा उहाँहरुको कसरी विकास भइराखेको छ । लक्षण के समस्या आउँछ त्यो पछि हामीलाई त्यो अवलोकनले पछि केसहरु बढ्दै जाँदाखेरी हामीलाई अरु प्लानहरु बनाउन अरु रेस्पोन्स गर्नलाई सजिलो हुन्छ भन्ने अर्थले पहिलो चरणमा त्यसरी काम भइराखेको हो । त्यसपछि हामी दोस्रो चरणमा दुई हजार भन्दा बढी एक्टिभ केसहरु भएपछि हामी दोस्रो चरणमा जान्छौं । दोस्रो चरणमा गइसकेपछि हामीले पब्लिक हेल्थ इमरजेन्सी डिक्लियर गर्ने कुराहरु हामीले प्लानमा राखेका छौ ं। त्यतिबेला हामीले को को सँग सहयोग के के लिनुपर्ने हो र त्यसको लागि अलि बढी तिब्रता दिने विषयहरु र लक्षण भएकाहरुलाई मात्रै स्वास्थ्य संस्थामा लैजाने कुराहरु दोस्रोचरणमा हामीले राखेका छौं । त्यसपछि तेस्रो चरणमा ५ हजार भन्दा बढी केस भएपछि थप अरु के के गर्नुपर्छ भन्ने कुराहरु तेस्रोचरणमा कुरा गरेका छौं । त्यसपछि चौथो चरण छ १० हजार भन्दा बढी केसहरु भएपछिको कुराहरु त्यसरी हामीले चार चरणमा हाम्रो रेस्पोन्सलाई विभाजन गरी वर्गिकरण गरेर राखिएको अवस्था छ ।

Advertisement
Advertisement

ठाउँठाउँमा लकडाउन उलङ्घनको घटनाहरु सुनिएको छ । काठमाडौंमा पनि विज्ञप्तिहरु आएका छन् । यस्तो व्यवहारले संक्रमणको जोखिमलाई कति बढाउँछ ? यसमा व्यक्ति, समुह वा संस्थाहरु कसरी अगाडी बढ्नुपर्छ ?
यसमा अहिले सम्म हामी सबैजना मिलेर सरकारले भनेअनुसार हाम्रो सुरक्षाको लागि गरेको हो भन्ने हिसाबले गरेर अहिले सम्म सफलता पाएका छौं । विश्वव्यापी देशहरुमा तुलना गर्दा हामी राम्रो अवस्थामा छौं । हामीले राम्रो रेस्पोन्स गरेका छौं । हामीले ठूलो क्षति व्यहोरेका छैनौं । अहिले पनि हामी लकडाउन पालना गर्ने सम्पुर्ण सर्वसाधारणहरुलाई धन्यवाद दिन चाहन्छौं । त्यसैको परिणाम स्वरुप यो सबै भएको हो । सुरु देखि नै लकडाउन नभएको भए यसरी हामी सबैले दुःख कस्टका साथ पालना नगरिदिएको भए आज सम्म हाम्रो केसहरु समुदाय समुदायमा फैलिसकेको हुन्थ्यो । हामीले घरमा भएका वृद्धवृद्धाहरुलाई रोगसँग लडने क्षमता कम भएका व्यक्तिहरुलाई संक्रमण गरिसकेका हुन्थ्यौं । त्यसरी संक्रमण भएका व्यक्तिहरुलाई जोगाउनलाई हाम्रो धेरै स्रोतसाधनहरु खर्च भइसकेको हुन्थ्यो त्यसले गर्दाखेरी पनि हामीले जोगाउन नसकेर धेरैलाई गुमाउनु पर्ने अवस्था आउन सक्थ्यो । त्यो अवस्था आएको छैन् । त्यसैले लकडाउनलाई उलङ्घन गर्दाखेरी म बाहिर गए भने मैले संक्रमण लिएर आउने हो संक्रमण लिएर आउँदा घरमा मैले सबैभन्दा बढी माया गर्ने मेरो श्रीमान, मेरो श्रीमती, मेरो छोरा मेरो छोरी, दाई, भाई आमा, बुबा, काका, काकी, हजुरबुबा हजुरआमालाई सार्छु, सारेपछि म सँग त रोगसँग लडने क्षमता होला म त निको हुन्छु मेरो भाइपनि निको होला तर मेरो वृद्धवृद्धा बा आमा मेरो श्रीमती, श्रीमान जसको रोगसँग लडने क्षमता कम हुन्छ उहाँहरुलाई हामीले जोगाउन नसक्ने अवस्था आउन सक्छ । त्यसैले लकडाउनको पालना गरिदिनुहुन सम्पुर्ण सर्वसाधारणलाई फेरी पनि अुनरोध गर्दछौं । यो हाम्रो लागि हो यो अरुबेला जस्तो बन्द होइन, हरताल होइन, हमी यो रोगसँग लडनको लागि एकै ठाउँमा छौं । हामीले घरमा बसेर हाम्रो समुदायलाई सहयोग गर्न सक्ने अवस्था यो भन्दा सजिलो अवस्था पक्कै पनि कहिले पनि हुँदैन । यसले पक्कै पनि केही अप्ठेरोहरु भएको छ । हाम्रा दैनिकिहरुमा अप्ठेरो भएको छ, हाम्रो रोजगारीहरुमा अप्ठेरो भएको छ, हाम्रो उद्योग धन्दाहरुमा अप्ठेरो भएको छ । त्यसलाई संक्रमणको दर फैलिन नदने गरी हामीले कसरी अगाडी लैजान सक्छौं, जनजीवन कसरी अगाडि जान सक्छ भन्ने हिसाबले हामी आफैले पनि सोचेर अगाडि बढ्न सक्यौं भने अहिले सम्म पाइरहेको सफलता निस्चय पनि रहिरहन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top