हाजिर गर्नु पहिले त्रिविले माग्यो कर्मचारीसंग कोरोना नेगेटिभ आएको रिपोर्ट

१६ कात्तिक, काठमाडौं । कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले भनेको हो।

त्रिवि रेक्टर कार्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पिसिआर परीक्षणको रिपोर्ट मागेर हाजिर गर्न नदिएको हो।

‘मेरो रिपोर्ट नेगेटिभ आइसकेको हो। रिपोर्ट छ भन्दा पनि अहिले देखाएर मात्रै हाजिर गर्नु भने,’ एक कर्मचारीले गुनासो गरे।

Advertisement

तर कार्यालयले पहिले कोरोना देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको बताएको छ।

निर्देशनालयका डाइरेक्टर उमेश मण्डलले सेतोपाटीसँग भने, ‘निको भएको हो भने त्यसको रिपोर्ट देखाउनुपर्छ। मोबाइलमा भए पनि रिपोर्ट देखाउनुप¥यो। किनभने हामी सुरक्षित हुनुप¥यो।’

Advertisement

स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिए १४ दिनपछि कोरोना परीक्षण गराइ राख्नु जरूरी नहुने बताएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी वा गैरसरकारी कुनै पनि कार्यालयले रिपोर्ट मागेर दुःख दिन नहुने बताए। कसैले उजुरी दिए कारबाही हुने पनि उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले रिपोर्ट देखाउन जरूरी नहुने बताएको सन्दर्भमा निर्देशनालयका डाइरेक्टर मण्डलसँग कुरा राख्दा उनले मन्त्रालयले बनाएको प्रोटोकल आफूहरूलाई थाहा नहुने बताए।

‘स्वास्थ्य मन्त्रालयले के प्रोटोकल बनाएको छ, हामीलाई थाहा भएन। हाम्रो कर्मचारीलाई पहिले कोरोना लागेको थियो र ऊ अहिले निको भएको हो वा होइन भन्ने मात्रै हामीले जान्न खोजेको हो। निको भएको हो भने प्रमाण त होला नि त्यसको आधारमा हाजिर गर्नुस् भनेको हो,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top