‘हुरी आयो’ को अपार सफलता पछि उल्सनको दोस्रो कोसेली ‘म सक्छु जित्न’ गीत सार्वजनिक(भिडियोसहित)

२५ भदौ ७५, सोमबार

विराटनगर, भदौ २५
नेपाल आईडलको पहिलो संस्करणमा रकस्टारको नामले चिनिएका खोटाङका युवा गायक उल्सन श्रेष्ठको दोस्रो साङ्गितीक कोशेली ‘म सक्छु जित्न’ सार्वजनिक भएको छ ।

Advertisement

पहिलो गित ‘हुरि आयो’ ले अपार सफलता पाएपछि उनको दोस्रो गित ‘म सक्छु जित्न’ आईतबार युट्युबमार्फत सार्वजनिक भएको हो ।

उल्सनको स्वरमा रहेको यो गीतको संगीत नरेश भट्टराईले गरेका हुन् भने गीत रचना कल्याण सिंहले गरेका हुन् । ‘म सक्छु जित्न’को म्युजिक भिडियोको निर्देशन सञ्जित कुमार घिसिङले गरेका छन् ।जसमा उल्सन र रियाको अभिनय रहेको छ ।

Advertisement

उनको पहिलो गित ‘हुरी आयो’ यूट्युबको टे«ेन्डिङमा समेत परेको थियो । उनी नेपाल आईडलको पहिलो संस्करणमा टप ८ बाट बाहिरिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top