निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, आखिर दिलीप विष्ट को हुन् ?

२५ भदौ ७५, सोमबार
Share this
669shares

राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे ।

Advertisement

‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ । नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी हत्या गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइन्छ । उसलाई छाडिन्न,’ भेटमा के कुरा भन्नुभयो भन्ने प्रश्नको जवाफमा आइजिपी खनालले भने ।

त्यसपछि उनलाई सोधियो, ‘त्यसो भए मुख्य अभियुक्त भन्दै गत ४ भदौमा पक्राउ गरिएका दिलीपसिंह विष्टचाहिँ को हुन् ? के उनी अवास्तविक र छद्म अभियुक्त हुन् ?’ जवाफमा आइजिपी खनालले भने, ‘अनुसन्धानका क्रममा शंकाको घेरामा आएका मानिसहरूलाई गिरफ्तार गरी सोधपुछ गरिन्छ ।

Advertisement

दिलीपमाथि पनि कानुनसम्मत ढंगले अदालतबाट म्याद लिएर सोधपुछ भइरहेको छ ।’आयोगको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले झन् चर्को स्वरमा भने, ‘निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौँ ।’

स्थानीय र पीडित परिवारको आशंका तत्कालीन प्रहरी नेतृत्वप्रति रहिरहेको बुझेका आइजिपी खनालले सोही कार्यक्रममा भने, ‘एसपी हुँदा नै डिएसपीलाई बाँकी नराखेको मान्छे हुँ । यस घटनामा कुनै प्रहरी कर्मचारी दोषी देखिए एसपी त के, एआइजीसम्मलाई छाडिन्न ।’आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top