थापालाई राष्ट्रपतिद्धारा प्रधान सेनापतिको दज्र्यानी चिन्ह प्रदान

२५ भदौ ७५, सोमबार
Share this
761shares

नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

Advertisement

गौरवमय इतिहास बोकेको नेपाली सेनाको प्रधानसेनापति बन्न सफल हुनु भएका थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो । ,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

भदौ ३ गते बसेको मन्त्री परिषदको बैठकले कामु प्रधानसेनापति थापालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Advertisement

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको थियो । नवनियुक्त प्रधानसेनापति थापाले सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरी सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

२०१७ भादौ २५ गते लमजुङमा जन्मनु भएका प्रधानसेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top