१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

९ असोज ७७, शनिबार

१० आश्विन, बझाङ ।
बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै उनका हजुरबुवाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिका गाउँकै शिव मन्दिरमा मृत फेला परेकी थिइन् । बालिका शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले बिहीबार स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

शुक्रबार बालिकाका हजुरबुवाले राजेन्द्रविरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘किटानी जाहेरी दर्ता भइसकेको छ । घटनाको तीव्र रूपमा अनुसन्धान भइरहेको छ । अब अपराधी उम्केर भाग्न सक्दैन,’ डिएसपी खड्काले भने ।

बालिकाको हत्या भएको खबर पाएपछि डिएसपी खड्काको टोली घटनास्थल पुगेको थियो । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिएको उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top