१ लाख २१ हजार मोहीलाई एक बर्षभित्रै जमिन उपलब्ध गरार्इने

१८ असार ७५, मंगलबार

विराटनगर ः कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले एक बर्षभित्रै १ लाख २१ हजार मोहिलाई जमिन उपलब्ध गराउने घोषणा गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री खनालले भदौ मसान्तभित्र तथ्यांक संकलन गरेर एक बर्षभित्र जग्गा उपलब्ध गराईसक्ने बताएका हुन् ।

मोही र सुकुम्वासी समस्या हल गर्नका लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भने,‘हामीसँग प्राप्त तथ्यांक अनसार अहिलेसम्म एक लाख २१ हजार मोही छन्, भदौ मसान्तभित्र सबै मोहीको तथ्यांक यकिन गरिसक्छौं, र ती सबैको समस्या हामी एक वर्षभित्रै हल गर्छौं ।’

सुकुम्वासी समस्या पनि संविधान अनुसार समाधान गर्ने पनि उनले जनाए । कृषि भन्नेवित्तिकै भूमी जोडिएकोले कृषिमा यान्त्रिकरणको लागि प्राप्त जमिन नै नभएको उनको गुनासो छ । कृषिमा जमिनको खण्डिकरण रोक्ने बहस चलिरहेको सुनाउँदै मन्त्री खनालले भने,‘क्याविनेटबाटै यसअघि नै पारित भएको भूमी नीति कार्यान्वयनको तहमा लिएर लैजान्छौं, अहिले हामीसँग ११ प्रकारका जमिन छन्, तीनीहरुलाई अब चार भागमा वर्गीकरण गर्छौं, यसको लागि बलियो संयन्त्र निर्माण गरेका छौं, भुमिको पनि अब चाँडै व्यवस्थापन हुन्छ ।’

Advertisement

खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी पनि दिए । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top