२१ बैशाख, काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ ।
महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको दूधलाई धूलो (पाउडर) र बटर बनाएर मौज्दात गर्न बाध्य भएका हुन् ।
नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै वर्ष दिनको अवधिमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ ।
यस वर्ष पनि कोरोना संक्रमणको दर बढ्दै गएर अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा मात्रै दूधको खपत करीब ६० प्रतिशतले घटेको बताइएको छ ।