२६ वर्षीय युवा विरेन्द्र नेपाली कांग्रेसबाट सुनवर्षीको मेयरका लागि सिफारिस

५ बैशाख ७९, मंगलबार

विराटनगर, ५ वैशाख । पत्रकारितासँगै राजनीति र समाजसेवामा निरन्तर लागि परेका मोरङको सुनवर्षीका लोकप्रीय युवा विरेन्द्रकुमार साह मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् । स्थानीयस्तरमा निकै लोकप्रीय रहेका २६ वर्षीय युवा नेता साहलाई आगामी स्थानीयतहको निर्वाचनमा सुनवर्षी नगरपालिकाको मेयरका लागि उम्मेदवार बनाउन नेपाली कांग्रेस नगर समितिले सिफारिस गरेको हो ।

उनको नाम नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ (ख) ले पनि साहको नाम जस्ताको त्यस्तै सिफारिस गरि पठाएको छ । सिफारिस गरिएको नाम निर्वाचन क्षेत्रीय समिति, जिल्लाहुदै प्रदेश समितिमा पुग्ने छ ।

प्रदेश समितिले सिफारिस भएर आएका नामहरुको अन्तिम टुंगो लगाउने छ । २०७४ सालको संघीय र प्रदेश निर्वाचनमा देशैभर वाम गठबन्धनको लहर परेपनि सुनवर्षीमा कांग्रेसले आफ्नो विरासत गुम्न दिएन ।

Advertisement

कांग्रेसका तत्कालिन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विगतमा सुनवर्षी समेटिएको संसदीय क्षेत्रबाटै चुनाव जित्दै आएका थिए । उम्मेदवार सिफारिस भएसँगै नेपाली कांग्रेसको सोही विरासत जोगाउने अभिभारा पुरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको साह बताउँछन् ।

उसैपनि नेपाली राजनीतिमा पाका नेताकै हालिमुहाली छ । अबपनि युवाले हस्तक्षेपकारी भुमिका निर्वाह नगरे राजनीतिमा जमेको फोहोर सफा नहुने साहले बताए ।

Advertisement

मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट दर्जन बढीले आकांक्षा देखाएपनि साह सर्वाधिक चर्चामा छन् । साह नेपाली कांग्रेसका सम्भवतः मुलुककै कान्छो जिल्ला सदस्य हुन् । गत जिल्ला अधिवेशनमा खुल्लातर्फ अत्याधिक मत ल्याएर उनी मोरङ जिल्ला सदस्यमा निर्वाचित भएका थिए। पार्टीपंक्ति र बाहिरपनि ‘पपुलर’ बनेकै कारण सहजै टिकट पाउनेमा बीरेन्द्र विश्वस्त छन्।

धार्मिक र सामाजिक कार्यमा उनको लगाव अथाह छ। दीन दुःखीलाई सहयोग गर्ने कुरामा उनी मनकारी छन ्। कोरोना महामारीको समयमा बीरेन्द्रको ‘सक्रियता’ असाधारण थियो । आफुलाई कुनै पर्वाह नगरी उनी मानवसेवामा खटेका थिए। विपन्नलाई राहत प्रदान र संक्रमितलाई अस्पताल भर्ना गर्न उनले कसर बाकी राखेका थिएनन्। आजपनि केहि समस्या पर्यो भने सुनवर्षीका धेरैले सम्झने नाम नै बीरेन्द्र साह हो । उनको परिचय संचारकर्ममा पनि जोडिएको छ ।

चुनाव आउँदा मात्रै सक्रिय हुनेहरुको भीडमा उनी अपवाद हुन्। पार्टीका नेता कार्यकर्ता तथा आम नागरिकसंग सम्पर्कमा रहने उनको दैनिकी नै हो। पार्टीप्रतिको समर्पण र बलियो नागरिक सम्बन्धकै कारण कलिलै उमेरमा बीरेन्द्र सिंगो नगरकै कमाण्ड गर्ने खासियत बनाउन सफल भएका हुन्। मेयर उम्मेद्वारकै रुपमा चर्चामा आएपछि उनी भन्छन् ,‘पार्टीले मलाई विश्वाश गरेको खण्डमा म एकदम तयारी अवस्थामा छु । मलाई सुनवर्षीका नागरिकहरुले पनि सेवा गर्ने मौका दिनुहुने विश्वास छ । जनहित भन्दा अर्को कुनै मेरो स्वार्थ छैन।’

यस्तो छ साहको राजनीतिक यात्रा
२०५२ साल चैत २२ गते मोरङको साविक अमरदह गाविस वडा न–२ सुगामा जन्मिएका साह कक्षा ६ मा पढ्दादेखि नै नेविसंघमा आवद्ध भएका थिए । वाक कलामा खरो उत्रिने गरेकै कारण उनी धेरैको नजरमा ‘नोटिस’ हुने गरेका छन्। अमरदहस्थित वीरेन्द्र सार्वजानिक माविमा नेविसंघ सचिवमा मनोनित भएर राजनीतिक जीवन सुरु गरेका उनले त्योबेला हसन्दह बाल क्लबको नेतृत्वसमेत गरिसकेका छन् ।
विद्यार्थी कालमा क्याम्पसको समस्यामा हल गर्नपनि उनी सँधै अग्रसर रहन्थे। स्कुल होस् वा कलेज विद्यार्थी जीवनमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको उनका सहपाठीहरु स्मरण गर्छन्।

कक्षा ९ मा अध्ययनरत रहेकै बेला नेपाली कांग्रेसको क्रियाशिल सदस्यता पाएको उनी बताउछन्। उनी कक्षा १० मा पढ्दा कांग्रेस अमरदह गाउँ समितिको सह–सचिव भैसकेका थिए। अमरदह गाबिस सुनवर्षी नगरपालिकामा रुपान्तरण भएपश्चात उनी कांग्रेस नगर सचिवको भुमिकामा रहे। बीरेन्द्रले त्यसयता राजनीतिक फड्को मार्दै आएका छन्। पार्टीको जिल्ला सदस्य भएपछि उनको दौडधुपको ग्राफ उकालो लाग्दो छ।

हुनपनि वीरेन्द्रले लकडाउनको अवधिमा विमारीलाई एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाएका थिए । दयनीय व्यक्तिको उपचारका लागि सहयोग जुटाएर गरेको सामाजिक कामका कारण स्थानीय वीरेन्द्रप्रती निकै सकारात्मक छन् ।

उनले क्यान्सर पीडितलाई विराटनगरदेखि काठमान्डौंसम्म पुर्याएर निःशुल्क उपचार गराउन पटकपटक पहलकदमी लिएका छन्। वीरेन्द्रको उम्मेद्वारी चर्चासंगै धेरै कांग्रेसी युवालाई उत्साही बनाएको छ। सिंगो पालिकामा संगठन कमजोर नभएपनि लोकप्रिय अनुहारले टिकट नपाउँदा यसपटक जित हात पार्न नसकिने होकी भन्नेमा कांग्रेसजन उतिक्कै चिन्तित छन्।

सुनवर्षीको समकालीन राजनीतिमा वीरेन्द्रजत्तिको लोकप्रिय छवि भएका अनुहारलाई अघि सार्नुपर्नेमा धेरैको एकमत छ। । अहिलेको परिस्थितिमा आफ्नो दाबी कुनै कोणबाट कमजोर नभएको उनी बताउछन्। ‘मेरो प्रतिबद्धता जनताको मुहारमा खुसियाली ल्याने नै हो। कांग्रेसको मुल मर्म जे भन्ने हो त्यही गर्ने हो ।’ वीरेन्द्रले भने,‘हामी कम्युनिष्टको जस्तो झुटा आश्वासन बाँड्दैनौ। सुनवर्षीको विगत र वर्तमान अवस्थापनि त्यहि हो, अब यहाँ बदलाव जरुरी छ। नेपाली कांग्रेसलाई टुलुटुलु हेरिरहने छुट छैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top