४ अर्ब २१ करोड खर्चेर पोखरेली नागरिकलाई दैनिक ४ करोड १० लाख लिटर शुद्ध खानेपानी

२६ फागुन ७५, सोमबार

काठमाडौं ,फागुन २६

४ अर्ब २१ करोड रुपैंयाँ खर्चेर पोखरेली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना अघि बढेको छ । जापान सरकारको सहयोगमा पोखराको मर्दीखोलाको पानी प्रसोधन गरेर पोखरेली नागरिकका धारामा उपलब्ध गराउन नेपाल खानेपानी संस्थान र हाजमा एन्डो कर्पोरेसनबीच सहमति भएको हो ।

संस्थान र हाजमा कम्पनी बीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे । यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ ।

Advertisement

जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गरे ।

खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । यति धेरै रकम १३ वर्षको प्रयास पछि पहिलो पटक नेपालले प्राप्त गरेको महाप्रबन्धक प्रसादले बताए ।

Advertisement

सम्झौता अनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top