७० औं प्रजातन्त्र दिवसमा यस्तो देखियो टुँडिखेल (फाटो फिचरसहित)

७ फागुन, काठमाडौं ।
एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यसैअवसरका काठमाडौँको टुँडिखेलमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीति नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न कलाकौशलसहित हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

Advertisement

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्ला र प्रदेशमा पनि यो दिवस मनाइँदै आएको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत फागुन ६,७ र ८ गते तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।

Advertisement

यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइँदै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top