×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

१४ कात्तिक, स्याङ्जा । स्याङ्जामा फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाइएको छ ।

राष्ट्रपति माक्रोंले फ्रान्सका सबै सरकारी कार्यालयमा इस्लाम धर्मका अन्तिम सन्देष्टा पैगम्बर मोहम्मदको कार्टुन राख्ने निर्णय गरेका थिए। उक्त निर्णयको विरोधमा स्याङ्जाका मुस्लिम समुदायले पनि विरोध जनाएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित अहले सुन्नत बलजमात नुमरा जामाँ मस्जिदले गत मंगलबार माक्रोको तस्बिर जलाएका हुन्।

मस्जिदबाट निस्केको ¥याली बाडखोला चोकमा पुगेर कोण सभा गरेको मस्जिदका सचिव हाजी साह मोहम्मदले जनाए। कोणसभा पछि माक्रोंको तस्बिर जलाएको उनले बताए।

‘विश्वभरका मुस्लिम समुदायले आस्था राख्ने पैगम्बर मोहम्मदको कार्टुन सबै सरकारी कार्यालयमा राख्ने निर्णय गर्नु हाम्रो आस्था माथि मजाक गरेको हो’, मोहम्मदले भने, ‘यसैको विरोधमा हामीले माक्रोंको तस्बिर जलायौं।’

विरोधका अन्य कार्यक्रमका बारेमा बैठक बसेर निर्णय गर्ने उनले बताए।

बाडखोला मुस्लिम समाजका सचिव समेत रहेका मोहम्मदले आज भने उनै पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेको बताए।

‘आज उहाँको १४९५ औं जन्मजयन्ती हो, हामी मनाउने तयारी गर्दैछौं’, उनले भने, ‘उहाँका राम्रा कुराहरू सम्झने र प्रसाद ग्रहण गर्छौं।’

मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीले कुनै पनि राष्ट्रको विषयमा विरोध प्रदर्शन कार्यक्रम गर्ने नीति नभएको बताए।

उनले स्याङ्जाको घटनाबारे बुझ्ने बताए।

‘अरूको देशको आन्तरिक मामिलामा विरोध गर्ने हाम्रो नीति हैन, छैन, कसैले गरेको भए त्यो गलत हो, म बुझ्छु,’ उनले भने।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top