महिलालाई स्वदेशमै रोजगारी

२५ बैशाख ७५, बुधबार

विराटनगर, २६ वैशाख ः सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ ।

प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो ।

सुलभ समाधान प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न १६ वटा कामका लागि प्रशिक्षित घरेलु महिला कामदार उपलब्ध गराउने जानकारी दिइयो ।

Advertisement

न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा हाउस मेड, भान्साको कार्य र अन्य सेवा प्रवाहका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलब्ध गराउने सो संस्थाका अध्यक्ष तेजराज कोइरालाले बताए ।

भान्सा, चियानास्ता, खाना बनाउने, घरेलु शिक्षक, स्वास्थ्यसेविका, अस्पतालमा बिरामी कुरुवा, कार्यालय सहयोगी, विद्यालय, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक, शिशु कक्षाका विद्यार्थी अध्यापन, महिला चौकीदार आदि कार्यका दक्ष कामदार उपलब्ध गराउने संस्थाले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top