कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त

२१ असोज ७७, बिहीबार

२२ असाेज, कुबेत।

खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसदसमक्ष पद तथा गोपनीयताको शपथ लिए । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताए ।

उनले सबै कुबेती नागरिकलाई आआफ्ना मतभिन्नता त्याग्न पनि आग्रह गरे । गत साता कुबेती अमिर शेख सबाह अल–अहमदको निधन भएपछि नयाँ अमिरले संसदसमक्ष सपथ लिएका हुन् । राजपरम्परा अनुसार नयाँ अमिर छानिए पनि कुबेतको संविधान बमोजिम नयाँ अमिरलाई संसदले नियुक्त गर्ने र संसदसमक्ष सपथ लिने व्यवस्था छ ।

Advertisement

शेख मेशाल हाल ८३ वर्षका छन् । कोभिड–१९ का कारण तेलको मूल्यमा आएको गिरावट एवं छिमेकी मुलुकहरु साउदी अरेबिया र इरानसँग तनावपूर्ण सम्बन्ध रहेका कारण कुबेत सरकारमाथि दबाब छ । टेलिभिजनमा दिएको प्रतिक्रियामा नयाँ अमिर शेख मेशालले कुबेतले क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्मान गर्ने तथा शान्ति र लोकतान्त्रिक मार्गलाई स्वीकार गर्ने बताएका छन् ।

अरब राष्ट्रहरुमा शासन गरिरहेका अमिरहरुले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको अवस्थामा कुबेतमा भने पुरानै पुस्तामा नेतृत्व गएको छ । कुबेतमा यसै वर्ष संसदको पनि चुनाब हुँदैछ । कुबेतको सरकारमा सत्तासिन अमिरका परिवारका सदस्यहरुले महत्वपूर्ण मन्त्रालय र पद प्राप्त गरेकोप्रति कुबेतमा असन्तोष बढ्दै गएको छ ।

Advertisement

कुबेतका नयाँ अमिरले नयाँ तेल नीति ल्याउने र विदेश नीतिलाई प्रभावकारी रुपमा संचालन गर्ने विश्वास जनताले गरेका छन् । उनीहरुले साउदी अरेबिया, इरान र इराकसँगको सम्बन्धमा बढी सन्तुलन कायम गर्ने विश्वास पनि लिएका छन् ।रासस /एपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top