वैदेशिक लगानीको सफल आयोजना खिम्ती जलविद्युत्

२२ असोज ७७, शुक्रबार

काठमाडौँ : दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) को विद्युतगृह एवं सब–स्टेशन । खिम्ती जलविद्युत् आयोजनाका प्रशंसक र विरोधी दुवै बराबर पाइन्छन् । देशमा वैदेशिक लगानीको आयोजना भएकाले यसको कार्यान्वयनमा शुरूदेखि नै समर्थन र विरोध थियो ।

खिम्ती परियोजनाको विकास २०५२ सालतिर अरुण ३ आयोजनाको अवसानको लगत्तै शुरू भएको हो । उक्त समयमा तत्कालीन नेकपा (एमाले)को सरकारले अरुण ३ खारेजीको अपजस खेप्नु परिरहेकाले खिम्ती आयोजना जुनसुकै शर्तमा पनि ल्याउनुपर्ने बाध्यता थियो भन्ने बुझाइ विश्लेषकहरूको छ ।

त्यस बेलासम्म विद्युत्को सबैजसो क्षेत्रमा एकाधिकार भोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणमा भने खिम्तीको सन्दर्भमा असन्तुष्टि थियो । आयोजनाको विद्युत् खरीद सम्झौताको मस्यौदाका शर्तसँग तत्कालीन कार्यकारी सञ्चालक सहमत नभएपछि उनको सरुवा गरेर नयाँ कार्यकारी सञ्चालक नियुक्ति गरेर सम्झौता गरिएको थियो । खिम्ती आयोजनाका समर्थक थुप्रै थिए ।

अरुणको खारेजीपछि दातृ निकायहरूबाट विद्युत् एक नाफामूलक व्यवसाय हुन सक्ने भएकाले यो क्षेत्रमा सरकारी र सार्वजनिक लगानी गर्नुभन्दा निजीक्षेत्रलाई निश्चित नाफा पाउने प्रत्याभूति गरेर पूँजी परिचालन गरिनुपर्छ भन्ने सन्देश आइरहेको थियो ।

देशभित्र पनि नेपाल विद्युत् प्राधिकरणको अदक्षताको कारण सरकारी संयन्त्रभन्दा अन्यत्रबाटै विद्युत् आयोजना निर्माण गर्न सके बढी किफायती हुन सक्छ भन्ने आवाज थियो । त्यसैगरी खिम्तीको नेपाली प्रवद्र्धक बुटवल पावर कम्पनीले सफलतापूर्वक आँधी खोला (५।१ मेगावाट) र झिम्रुक (१२ मेगावाट) जलविद्युत् आयोजना सम्पन गरिसकेकाले सो कम्पनीले नै शुरू गरेको नयाँ आयोजना पनि सफल हुने, त्यसबाट नेपालमा दक्ष जनशक्तिको विकास हुने र भविष्यमा अन्य ठूला आयोजना निर्माणमा विदेशी लगानी भित्र्याएर स्वदेशी प्राविधिक, ठेकेदार र कलकारखानाले काम गर्ने स्थितिको सृजना हुने तर्क पनि अधिकांशको थियो ।

अन्ततः नर्वेको स्टाटक्राफ्ट लगायत केही कम्पनी र बुटवल पावर कम्पनीको साझेदारीमा हिमाल पावर लिमिटेड कम्पनी मार्फत खिम्ती जलविद्युत् आयोजनामा लगानी जुटाइयो । २०५३ तिर एशियाली विकास बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन सम्पन्न भएपछि ६० मेगावाटको यो आयोजनाको निर्माण शुरू भयो ।

यो आयोजना रामेछाप र दोलखाको सिमाना भएर बगेको खिम्ती खोलामा आधारित छ । उक्त खोलामा बाँध बाँधेर पानी फर्काई ७ दशमलव ६ किलोमिटर तेर्सो सुरुङ र करीब ९०० मिटरको छड्के ठाडो सुरुङबाट दोलखाको किर्नेटारमा रहेको भूसतहमुनिको विद्युत् गृहसम्म पानी पु¥याएर विद्युत् उत्पादन गरिएको छ ।

उत्पादित विद्युत् १३२ केभीको प्रसारण लाइनमार्फत सिन्धुपाल्चोकको खाडी चौरमा ल्याएर राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाले वार्षिक ३५ करोड युनिट विद्युत् उत्पादन गर्दछ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top