Nepal Times
Nepal Times
3
Shares

म्याद गुज्रिएका खाद्यबस्तुमा नयाँ मिति राखेर विक्रीवितरण गर्ने प्रकरणमा थप दुई जना पक्राउ

म्याद गुज्रिएका खाद्यबस्तुमा नयाँ मिति राखेर विक्रीवितरण गर्ने प्रकरणमा थप दुई जना पक्राउ

२३ असोज, काठमाडौं । म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

पक्राउ परेकाहरुलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भईरहेको विभागले जनाएको छ । म्याद गुज्रिएको वस्तुमा नयाँ लेवल लगाएको अभियोगमा हालसम्म अनुसन्धानकालागि १३ जनालाई थुनामा पठाइएको निर्देशक आचार्यले बताए ।

गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो ।

तीन वटा घरको हरेक कोठादेखि बाथरुममासमेत म्याद सकिएको वस्तु पुनः म्याद टाँस्न राख्ने गरेको भेटिए पछि वाणिज्य विभागले गोदाम सिल गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.