आर्थिक विकासका लागि सरकारले खोज्यो गैह्र आवासिय नेपालीको साथ

२२ असोज ७७, शुक्रबार

२३ असोज, काठमाडौँ ।
गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन शुक्रबारबाट सुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ शुक्रबारदेखि तीनदिन सम्म सञ्चालन हुनेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य सहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे । विदेशमा रहेका एनआरएनहरुसँग विभिन्न क्षेत्रमा लगानीगर्ने क्षमता रहेकाले लगानी सँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन उनले आग्रह गरे ।

पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौती रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवस्यक रहेको उनले बताए । नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्वाङले आग्रह गरे । बैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गरे ।

कार्यक्रममा सहभागी भएका गैह्र आवासिय नेपालीहरुले सम्मेलन मार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् ।

देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुननसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने उद्देश्य समेत सम्मेलनले राखेको छ । सम्मेलन आइतबार सम्म चल्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top