सरकार र डा. केसीबीच हुनै लागेको सहमति भाँडियो, आन्दोलनमा उत्रिने चेतावनी

२४ असाेज, काठमाडौँ ।

सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिना निष्कर्ष टुंकिएको छ । दुवै पक्ष आ-आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

स्राेतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको हाे ।

Advertisement

६बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।

सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।

त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । तर सरकारी टोली वार्तामा आएन । सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे।

शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए ।

त्यही कारण हुनै लागेको सहमति भाँडिएको स्राेतले जनाएकाे छ । डा. केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षत्रीले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाए । ‘वार्ता मिलेन’, डा क्षेत्रीले भने, ‘सरकार पक्ष हिजोको विन्दुबाट पछाडि हट्यो । वार्ताको नाममा अल्झाउन आट्यो ।’

दुई पक्षबीचको वार्ता राति ९ बजेपछि सुरु भएको थियो । सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्ने बताएको थियो । तर सरकार पक्षले एक घण्टा अगाडि छलफलका लागि बोलाइएको थियो ।

अब सोलिडारिटी फर डा. केसी, नेपाल चिकित्सक संघ लगायतले कडा आन्दोलन गर्ने डा क्षेत्रीले बताए । यद्यपि वार्ताका लागि आफूहरु सदा तयार हुने उनले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top