लेबनन विस्फोटः बेइरुतको घना बस्तीमा इन्धन ट्याङ्कमा आगो लागेपछि ठूलो विस्फोटन

२३ असोज ७७, शनिबार

२४ आश्विन, एजेन्सी ।
लेबननको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा इन्धन भरिएको ट्याङ्क विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।

तारिक–अल–दिदे जिल्लामा ट्याङ्कमा आगो लागेपछि विस्फोट भएको थियो। साँघुरा गल्लीहरू रहेको घटनास्थलमा आगोका लप्काले भवनहरूलाई छोइरहेको भिडिओ फूटेजमा देखिन्छ। आगो लाग्नुको कारणबारे केही खुल्न सकेको छैन।

उद्धार कार्य जारी रहेको विवरणहरूमा जनाइएको छ। गत अगस्ट महिनामा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटनपछि पनि थप विस्फोटन भएकाले मानिसहरू अत्तालिएका थिए।

Advertisement

गम्भीर आर्थिक सङ्कट र कोरोनाभाइरस महामारीलाई लिएर मानिसहरूमा असन्तुष्टि बढ्दै गएको बेला यो घटना भएको छ। शुक्रवार अग्निनियन्त्रकहरूले घटनास्थलनजिकै भएका भवनको बार्दलीबाट मानिसहरूलाई उद्धार गर्न भर्‍याङ प्रयोग गरेका थिए।

एक स्थानीय महिलाले ट्वीट गर्दै भनेकी छन्, “विस्फोटको आवाज र घरहरू हल्लिनाले हामी अत्तालियौँ र म बस्ने ठाउँका मानिसहरू चिच्याउन थाले। मैले अघिल्लो विस्फोटलाई सम्झेँ।”(बीबीसी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top