ह्वाइट हाउसमै भिडभाडयुक्त कार्यक्रम, डा. फाउचीद्वारा ‘सुपरस्प्रेडर इभेन्ट’ भन्दै कडा आलोचना

२३ असोज ७७, शनिबार

२४ आश्विन, एजेन्सी ।
अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् ।

गएको सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका डा. फाउचीले सो कार्यक्रम ‘सुपरस्प्रेडर इभेन्ट’ बनेको बताएका छन् ।

ट्रम्पले सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि उनको स्थानमा आफूले मनोनित गर्न चाहेको न्यायाधीशको रुपमा एमी कोनी ब्यारेटको नाम घोषणाका लागि कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा सहभागी भएका ट्रम्पका धेरै सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी, रिपब्लिकन सिनेटर, सरक्षा मन्त्रालयका उच्च अधिकारीहरुसहित कोरोना भाइरसबाट संक्रमित भएका छन् । ट्रम्प आफै पनि संक्रमित भएर उपचारको क्रममा छन् ।

ट्रम्प संक्रमण मुक्त नभए पनि उनका डाक्टरले सार्वजनिक कार्यक्रम गर्न स्वीकृति प्रदान गरेका बेला डा. फाउचीको टिप्पणी आएको हो ।

गएको सोमबार तीन दिने अस्पताल बसाईपछि डिस्चार्ज भएका ट्रम्पले फक्स न्यूजमा मेडिकल इभ्यालुएसन गर्ने छन् । यस्तै उनले ह्वाइट हाउसमा शनिबार प्रत्यक्ष भेटघाटको कार्यक्रमको तयारी गरेका छन् ।

नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख डा। फाउचीलाई सिबिएस न्यूजले कुराकानीको क्रममा ह्वाइट हाउस कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिनु पर्ने आधारभूत मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा नियमित परीक्षण गर्ने जस्ता कार्य गर्न अग्रसर नदेखिएको बारे सोधेको थियो ।

त्यसको जवाफमा डा. फाउचीले भने, ‘ह्वाइट हाउसमै पनि संक्रमण फैलिएको छ र त्यहाँ हालै सुपरस्प्रेडर इभेन्ट भयो, सो कुरा तथ्यांकले बताउँछ । सो कार्यक्रममा मानिसहरु भिडभाडमा थिए र मास्क लगाएका थिएनन् ।’

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top