दशैं नजिकिएपनि यातायात व्यवसायी निराश, सवारीसाधन बसपार्कमै थन्किए

२४ आश्विन, धनगढी ।
नेपालीहरूको महान् पर्व बडादशैं आउन अब दुई साता बाँकी छ ।

एक सातापछि घटस्थापाना सुरु हुन्छ । विगतमा दशैं नजिकिएसँगै घरजानेहरुको चहलपहल बढी हुन्थ्यो । बसपार्कमा टिकट बुकिङ गर्न लामो लाइन बस्नुपथ्र्यो । तर यस वर्ष कोभिड १९ संक्रमणका कारण देशभरका बसपार्क सुनसान प्राय छन् ।

यात्रु नभएपछि धनगढी बसपार्क पनि सुनसान छ ।  कोभिड १९ संक्रमण जोखिमको कारण यस वर्ष दशैंका लागि आफ्नो घर जाने यात्रुहरु निकै कम छन् । विगतमा दशैं शुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो ।

Advertisement

तर यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण बसपार्क क्षेत्र सुनसान छ । यात्रा गर्नेहरु दशैंका लागि भन्दापनि काम विशेषले मात्रै यात्रा गर्नुपरेको बताउँछन् । धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ ।

Advertisement

अघिल्लो वर्षहरुमा दशैं शुरु हुनु भन्दा करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुला भइसक्थ्यो । तर यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देवीलाल जोशी बताउछन ।

काम विशेष बाहेक यात्रा गर्ने यात्रु नहुँदा अहिले सञ्चालनमा आएका सवारीसाधनले पनि प्रर्याप्त यात्रु पाउन सकेका छैनन् । दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिन्छन् ।

त्यसैले यातायात क्षेत्र खुलेपनि अधिकांश सवारीसाधन बसपार्कमै थन्किएको देखिन्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top