आईपीएल : चेन्नईमाथि बेंगलोरको सहज जित

२४ असोज ७७, आइतबार

२५ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शनिबार राती दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा बेंगलोरले चेन्नईलाई ३७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती रायुडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए ।

Advertisement

चौथो ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले फाप डु प्लेसिसलाई क्रिस मोरिसबाट ८ रनमा क्याच आउट गराए । छैटौं ओभरको चौथो बलमा सुन्दरले अर्का ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । वाटसनले १८ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा नारायण जगदेसन ३३ रनमा रन आउट हुन पुगे । नारायणले २८ बलमा ४ चौका प्रहार गरे ।

स्पिनर युजचेन्द्र चहललाई १६ औं ओभरको अन्तिम बला ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह धोनी बाउन्ड्री नजिकै गुरक्रित सिंहमानबाट १० रनमा क्याच आउट भएपछि चेन्नईको जित टाढिएको थियो । साम करनले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा क्याच आउट भए ।

वासिन्टन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र इसुरु उडानाले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो ।

तीव्र गतिका बलर दीपक चहरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई २ रनमा बोल्ड आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाए । फिन्चले ९ बलको सामना गरेका थिए । ११ औं ओभरका अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले प्रमुख दुई विकेट लिए । ११ औं ओभरको दोस्रो बलमा ठाकुरले फाप डु प्लेसिसबाट ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए ।

पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुइबल पछि आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स धोनीबाट शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । साम करनले १५ औं ओभरको तेस्रो बलमा वासिन्टन सुन्दरलाई धोनीबाट १० रनमा क्याच आउट गराए । चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिए ।

जितसँगै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

चेन्नईले अव सनराइजर्स हैदराबादसँग मंगलबार खेल्ने छ । बेंगलोरले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top