×

NEPAL TIMES UPDATES

Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026

भात खान ६ महिनादेखि खुलामञ्च

२५ आश्विन २०७७

काठमाडौं: शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।

एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् ।

Advertisement
Advertisement

यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।

‘श्रीमान्ले छाडेको धेरै भयो, सहाराका लागि दुई छोरी छन् । एउटीको मुटुमा प्वाल छ, कोरोनाले पेट पाल्नै नसक्ने अवस्था भयो, महामारी सुरु भएदेखि नै खाना खान खुलामञ्च आउने गरेकी छु,’ थापाले भनिन् ।

खुलामञ्चमा गत चैतबाटै खान खान आउने गरेका अर्का व्यक्ति हुन्, धनबहादुर कार्की । उनी वीर अस्पतालको गेट आसपासमा सधैं र सबैले देखेका अनुहार हुन् । उनी हरेक दिन खाना खान त्यहाँ पुग्छन् ।

Advertisement
Advertisement

‘कोरोनाले गर्दा सडकमा भोकभोकै हुनुपर्ने अवस्था आयो, चैतदेखि नै खाना खान यहाँ धाइरहेको छु, भोको पेट भर्न खुलामञ्च सहारा भएको छ,’ उनले भने ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top