×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विप्लवसहित २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने

२५ आश्विन २०७७

२५ असोज, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासहितको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय ती संगठनहरुले गरेका छन् ।

Advertisement
Advertisement

शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध हटाउन र कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले जानकारी दिए ।

२० राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने गजुरेलले बताए ।

सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् ।

राष्ट्रिय जागरण मञ्च विप्लव समूह निकट हो । विप्लव नेतृत्वको नेकपा पहिलेदेखि नै यो मोर्चामा आबद्ध थियो । तर सरकारले नेकपालाई प्रतिबन्ध लगाएकाले विप्लव समूहको राष्ट्रिय जागरण मञ्चलाई कार्यगत एकतामा समेटिएको एक नेताले जानकारी दिए ।

यसैगरी जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा छन् ।

Advertisement

नेकपा (माओवादी) लाई पनि समाबेस गरिएपछि कार्यगत एकतामा रहेका संगठनहरुको संख्या २१ पुगेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top