×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष : सम्झौता कार्यान्वयनमा महामारीको असर

२६ आश्विन २०७७

२६ असाेज, काठमाडौँ ।

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा दुईपक्षीय सम्झौता र सहमति कार्यान्वयनको समीक्षा हुन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

Advertisement
Advertisement

चिनियाँ राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते भएका २० बुँदे बहुआयामिक सम्झौता भएका थिए ।

उक्त भ्रमणका अवसरमा भएका सम्झौता र त्यसअघिदेखि सञ्चालित दुई देशका सहकार्यका परियोजना कार्यान्वयनका लागि राजनीतिक र कूटनीतिक तहमा निरन्तर सम्पर्क भए पनि विश्वव्यापी कोरोना महामारीले प्रतिकूल प्रभाव पारेको छ ।
चीनमा सन् २०२० जनवरीमा विश्वमै पहिलोपटक कोभिड –१९ पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अन्य मुलुकमा पनि भाइरसको सङ्क्रमण भएपछि अन्तरराष्ट्रिय हवाई उडान र द्विपक्षीय प्रत्यक्ष भेटवार्ता प्रभावित भए भने आआफ्ना मुलुकमा महामारी रोकथाम र नियन्त्रणमा सम्बन्धित सरकार र संयन्त्र व्यस्त हुँदै आएका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्रमामिला सल्लाहकार डा राजन भट्टराई उच्चस्तरीय भ्रमणका अवसरमा भएका सम्झौता कार्यान्वयनका लागि प्रोटोकल बनाएर जाने प्रक्रिया अघि बढे पनि परियोजनागत कार्यले तीव्रता नपाउनुमा कोरोना महामारीले असर पारेको बताउछन् ।

सल्लाहकार डा भट्टराईले रासससँग कुरा गर्दै भने, “दुई देशबीचका राजनीतिक अन्य संयन्त्रका बीचमा निरन्तर सम्पर्क भइरहेका छन् । महामारीका कारण सम्झौताको शीघ्र कार्यान्वयनमा असर पर्न गएको यथार्थ हो । यसको अर्थ आपसमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा कुनै समस्या आएको भन्ने होइन । परिस्थितिको अनुकूलतापछि सम्झौता कार्यान्वयनले गति लिनेछ ।”

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री ओली अघिल्लो पटक सरकार प्रमुख रहँदा चीनको औपचारिक भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण व्यापार र पारवहन सम्झौता भएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणलाई सबै राजनीतिक दल र जनस्तरबाट भव्य स्वागत गरिएको थियो ।

सत्तारुढ नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल राष्ट्रपति सीको भ्रमण र त्यस अवसरमा भएका सम्झौताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै महामारीका कारण आपसी भेटघाट र परामर्श हुन नपाएको जनाउछन ।

नेकपाका केन्द्रीय सदस्य रिजालले यस्तो स्थितिमा भौतिकरुपमा नभेटेर पनि गर्न सकिने कामका लागि सरकारले थप पहल गर्ने अपेक्षा गर्दै भने, “वर्तमान सरकारकै पालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भएको छ । अब सहकार्यका योजना निर्माणका कामहरु अविलम्ब टुङ्गोमा पु¥याउनुपर्छ । महामारीको प्रतिकूलताका रोकिएका कामहरुमा क्रमशः परिणाममूलक प्रगति हुने विश्वास लिन सकिन्छ ।”

‘नेपाल चाइना मिडिया फोरम’ का अध्यक्ष किशोर श्रेष्ठ राष्ट्रपति सीको गत वर्षको नेपाल भ्रमण आपसी सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको र त्यस अवसरमा उल्लेखनीय सम्झौता भएको जनाउँदै यसबीचमा कोरोना प्रकोप र बन्दाबन्दी आदि कारणले कार्यान्वयनमा गति लिन नसकेको बताउछन्।

प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आगामी दिनमा जनस्तरमा परिणाम देखिने गरी सहकार्यका परियोजनाको थालनी हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राष्ट्रपति लि सियन नियन सन् १९८४ र जियाङ जेमिन १९९६ मा नेपाल आउनुभएको थियो भने तेस्रो चिनियाँ राष्ट्रपतिका रुपमा सी गत वर्ष नेपाल आएका थिए । राष्ट्रपति सीको भ्रमणका अवसरमा नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारको भौतिक पूर्वाधार र चीनको यातायात मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको अर्थ मन्त्रालय र चीनको अन्तरराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगका लागि समझदारी भएको थियो । नेपाल र चीनबीच आपराधिक मामिलामा सुपुर्दगी सन्धिको पहिलो कदम मानिने आपसी कानूनी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर र सगरमाथा संरक्षण सहयोगका लागि समझदारी भएको थियो ।

नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको थियो । त्यस्तै विभिन्न नगरबीच भगिनी सम्बन्ध स्थापना र चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल कार्यालय स्थापना गर्नेबारे पनि पत्र आदानप्रदान भएको थियो ।

चीनले नेपालमा ठूला र अत्यन्त उपयोगी पूर्वाधार निर्माण मानिने अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ—गोरखा राजमार्ग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटाँैंडा कपडा कारखाना आदि निर्माण गरिदिएर नेपालीलाई आत्मनिर्भर बनाउनेतर्फ ठूलो सहयोग गरेको थियो । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र निजामती अस्पताल पनि चीनका उपहार हुन् ।

राष्ट्रपति सीले अघि सारेका बेल्ट एण्ड रोड (बिआरआई) योजनालाई पनि नेपालले सहमति जनाइसकेको छ भने नेपालले सधैँ एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउँदै आएको छ ।

चीनले नेपालको स्वाभिमानका हस्तक्षेप नगर्ने र आर्थिक विकासमा सघाउने सङ्कल्प गर्दै आएको छ । गत वर्ष नै दुई देशका कम्युनिष्ट पार्टीबीच वैचारिक प्रशिक्षण र आपसी भ्रमण वृद्धिको सहमति भएको थियो ।

Advertisement

नेपालले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको छ भने चीनले चिनियाँ विशेषताको एक्काइसौँ शताब्दीको समाजवादको ढाँचाको विकासलाई तीव्रता दिँदै आएको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top