×

NEPAL TIMES UPDATES

Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026

एक लाख भन्दा बढी नेपालीको उद्धार

२६ आश्विन २०७७

काठमाडौँ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा बढी २९ हजार ४३२ जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी(रियाद जेद्दा) बाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् ।

Advertisement
Advertisement

हाल सम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६ रहेका छन् । र, सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।

अफ्रिकी मुलुक सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

कुन प्रदेशमा कति उद्वार ?
स्वदेश उद्वार गरिएका सबैभन्दा बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशबाट १८ हजार ७२३ जनाको उद्वार गरिएको छ ।दोस्रोमा प्रदेश नम्बर १ बाट १५ हजार ५३२ जनाको उद्वार गरिएमा तेस्रोमा प्रदेश नम्बर २ बाट १३ हजार १४६ जनाको उद्वार गरिएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम स्वदेश फर्किएको पाइएको छ । कर्णालीबाट १६ सय १ जनाको उद्वार गरिएको सिसिएमसिले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट १२ हजार ५०६ र सूदुरपश्चिम प्रदेशबाट १८ सय ३० जना स्वदेश फर्किएका छन् । यसको साथै प्रदेशगत विवरण प्राप्त नभएको संख्या २९ हजार ३९७ रहेको सिसिएमसिले बताएको छ ।

Advertisement
Advertisement

हाल क्वारेन्टाइनमा कति ?
विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारेन्टाइनमा बस्नेक्रम जारी छ । होटल क्वारेनटाईनमा १२ हजार १०३ जना बसेका छन् । होम क्वारेनटाइनमा ७ हजार ६७८ जना र लोकल क्वारेनटाइनमा ४ हजार ८६५ जना रहेको सिसिएमसिले जनाएको छ । अस्पतालमा ६७ जना र अन्य ठाउमा ७८० जना रहेको बताइएको छ ।,यो समाचार आजको गोखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top