×

NEPAL TIMES UPDATES

Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026

विद्यालय नखुल्दा रोकियो पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन

२६ आश्विन २०७७

सुर्खेत : वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उहाँ न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर पढ्न सक्नुहुन्छ । विद्यालयमा साथीहरूसँग खेल्दै, रमाउँदै पढेको सम्झँदा उहाँलाई पीडा हुन्छ । र, मनमा एउटै प्रश्न खेलिरहन्छ– ‘स्कूल कहिले खुल्ला ?’

स्वस्तिका मात्र होइनन्, उहाँजस्ता थुप्रै दृष्टिविहीन बालबालिका कोरोना कहरको कारण अध्ययनबाट वञ्चित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट साधारण विद्यार्थीको लागि वैकल्पिक सिकाइको अभ्यास भए पनि अपाङ्गताजस्ता विशेष अवस्थाका बालबालिकाको लागि सिकाइको प्रभावकारी विकल्प उपयोग भएको देखिँदैन । कक्षा ६ मा अध्ययनरन १३ वर्षीया स्वस्तिका साङ्केतिक भाषामा आफ्नो पीडा पोख्नुहुन्छ । ‘पढ्न मन त लाग्छ, तर पढ्ने उपाय ९माध्यम० छैन । घरमै कसरी पढ्ने ? ’

Advertisement
Advertisement

प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीका ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोतकक्षा सञ्चालन गरिएको छ । ती विद्यालयमा ६५२ जना विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगरमा अवस्थित शिद्ध बहिरा स्कूल ९विशेष विद्यालय० मा ९५ जना विद्यार्थी आवासीय रुपमा पढ्छन् । अहिले विशेष विद्यालयका साथै सबै आवासीय स्रोतकक्षा बन्द छन् । यसले गर्दा आवासीय सुविधामा बसेर पढिरहेका विद्यार्थी आ–आफ्नो घर गएका छन् ।

शिद्ध बहिरा स्कूलमै पढ्ने वीरेन्द्रनगर–११ की अस्मिता भट्टराईको समस्या पनि उस्तै छ । उहाँ बेलाबेला किताबका पाना पल्टाउनुहुन्छ, एकछिन हेर्नुहुन्छ र नबुझेपछि दिक्क मान्दै किताब थन्काउनुहुन्छ । उहाँसँग पनि एउटै प्रश्न छ, ‘स्कूल कहिले लाग्छ ? घरमा बस्दा दिक्क लागिसक्यो ।’

अपाङ्गता भएका विद्यार्थलाई घरमा पढ्न र पढाउन सहज छैन । बौद्धिक अपाङ्गता भएका विद्यार्थी अझ बढी प्रभावित छन् । घरमा अभिभावकले समेत उनीहरूको भाषा पठनपाठनको भाषा जान्दैनन् । शिद्ध बहिरा स्कूलका अधिकांश विद्यार्थी सुर्खेत बाहिरका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले विद्यालय सञ्चालनमा थप अन्यौल देखिएको प्रधानाध्यापक चन्द्रबहादुर कार्की बताउनुहुन्छ ।

‘हामीले चाहेर पनि पठनपाठनका कार्यक्रमहरू अघि बढाउन सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशसहित अन्य प्रदेशका बालबालिका पनि पढ्ने भएकोले यहाँ ल्याएर तत्काल पढाउन सकिने अवस्था छैन ।’ विद्यार्थी भर्नाको कामसमेत अघि नबढेको उहाँले बताउनुभयो ।
सुर्खेतकै शिखर मावि, रामघाटमा अध्ययरत प्रकाश सञ्ज्याल दृष्टिविहीन हुनुहुन्छ । विद्यालयको आवासमै बसेर पढ्ने उहाँ लकडाउनपछि घर ९कालीकोट० जानुभएको छ । गाउँमा रेडियो सुनिँदैन । इन्टरनेटको समेत पहुँच छैन । घरमै पढ्ने उहाँसँग ब्रेललिपिसम्बन्धी सामग्री छैनन् । घर गएपछि पढ्न नपाएको उहाँको दुखेसो छ ।

कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण पठनपाठन सुरु गर्न अझ समस्या छ । टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनको पर्याप्त पहुँच छैन । जसोतसो पहुँचमा पुगेकालाई पनि सिकाइमा अभ्यस्त नहुँदा समस्या छ । नौ कक्षामा अध्ययनरत भेरीगङ्गा नगरपालिकाका–१२, राझीगाउँका दुर्ग परियार रेडियोमा पढाएको सुन्नुहुन्छ । तर, सामग्री नहुँदा लेख्न सक्नुहुन्न । ‘हामीलाई रेडियोबाट त्यति सहज हुने रहेनछ,’ उहाँले भन्नुभयो, ‘पढाइ भएको रेडियोबाट सुन्ने काम मात्र हुन्छ, ब्रेललिपि नहुँदा समस्या छ ।’

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा अध्ययनरत दुधकली कार्कीलाई पनि रेडियोमा सुनेको विद्यालयमा पढेको जस्तो लाग्दैन । ‘विद्यालयमा त सबै माध्यमबाट पढाइ हुन्थ्यो, पढ्न धेरै सजिलो थियो,’ उहाँले भन्नुभयो, ‘घरमा रेडियो सुन्नेबाहेक अरु केही काम भएको छैन ।’

Advertisement
Advertisement

कोरोनाका कारण चैतयता सम्पूर्ण विद्यालय बन्द छन् । पछिल्लो समय केही विद्यालयहरू खुल्न पनि थालेका छन् । केही विद्यालय फेरि बन्द हुँदैछन् । सरकारले विद्यालय सञ्चालन नगर्न भनिरहेको छ । सरकारले शिक्षण सिकाइलाई सहजीकरण गर्न वैकल्पिक माध्यमलाई अघि सारेको छ । तर वैकल्पिक माध्यम अपाङ्गता भएका बालबालिकालाई उपयुक्त भएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top