आईपीएल: दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई शीर्षस्थानमा

२६ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आईतबार शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै कु्रनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुल्दा चौथो बलमा क्रुनालले चौका प्रहार गर्दै जित पक्का गराए ।

मुम्बईले पहिलो विकेट पाँचौ ओभरको अन्तिम बलमा गुमाएको थियो । स्पिनर अक्षर पटेलको पाँचौ ओभरको अन्तिम बलमा ठूलो सट खेलेका रोहित ५ रनमा कागिसो रबाडाबाट क्याच आउट हुन पुगेका थिए । रविचन्द्रन आश्विनको दशौं ओभरको पाँचौं बलमा क्विन्टन डी कक पृथ्वी शाबाट ५३ रनमा क्याच आउट भए ।

Advertisement

डी ककले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कागिसो रबाडाको १५ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव श्रेयस ऐरबाट ५३ रनमा क्याच आउट हुन पुगे । यादवले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १६ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर एलेक्स केरीबाट शून्यमा क्याच आउट गरेपछि दिल्लीको झिनो आशा पलाएको थियो ।

Advertisement

रबाडाले १८ औं ओभरको तेस्रो बलमा इशान किशनलाई अक्षर पटेलबाट २८ रनमा क्याच आउट गराए । किशनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । काइरन पोलार्ड ११ र क्रुनाल पान्ड्या १२ रनमा अविजित रहे । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए । दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा दुई मात्र चौका प्रहार गरेको थियो । दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो ।

दिल्लीले पहिलो ओभरको तेस्रो बलमै ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा शा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले अजिंक्या रहाणेलाई १५ रनमा एलबिडब्लू आउट गरे । रहाणेले १५ बलमा ३ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र धवनले ८५ रनको साझेदारी गर्दै मुम्बईका बलरलाई दबाबमा राखेका थिए । क्रुनालको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका ऐर बोल्टबाट उत्कृष्ट क्याच आउट हुन पुगेपछि ४२ रनमा पेभिलिएन फर्के । ऐरले ३३ बलमा ५ चौका प्रहार गरे ।

१७ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले धवनसँग तालमेल गर्न नसक्दा १३ रनमा रन आउट भए । राहुल चहरले रन आउट गर्नुअघि स्टोइनिसले ८ बलमा २ चौका प्रहार गरे । डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे । क्रुनाल पान्ड्याले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ भने मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top