विराटनगर, बैशाख २८ ः सुनसरी र धरानबाट विहीबार प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ५ जनालाई धरानबाट दिउँसो ३ः३० बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१७ रेल्बे बस्ने बर्षिय–३० बर्षिय ज्ञान प्रसाद राई, २७ बर्षिय टिकाराज परियार, २५ बर्षिय सन्तोष सुनुवार, अन्दाजी १९ बर्षिया उषा परीयार , जिल्ला तनहु भानु नगरपालिका–१ बस्ने २८ बर्षिय महेश गन्दर्व रहेका छन्।
उनीहरुको साथबाट एभील–७० एम्पुल, डाईजोलाप –७० एम्पुल, लुपीजैसीक –७० एम्पुल , गरी जम्मा २१० एम्पुल र नगद २५ हजार बरामद प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।
यस्तै सुनसरीकै धरान–८ तिनकुने चेक प्वाईन्टबाट प्रहरीले विराटनगरबाट धरान आउदै गरेको यात्रुबाहक बसमा सवार धरान–११ बस्ने २६ बर्षिय कुमार तामाङलाई साँझ ६ बजे लागुऔषध एभील–३० एम्पुल, डाईजोलाप–३० एम्पुल र लुपीजैसीक ३० एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान धान भइरेहको छ ।
यता मोरङको बुढिगंगा गाउँपालिका–४ बाट इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले जिल्ला बारा निजगढ–६ बस्ने १९ बर्षिय ईश्वर थापामगरलाई बेलुका ८ बेजेतिर लागुऔषध फेनारगन–२४ एम्पुल, डाईजेल्याप–२४ एम्पुल र एभिल–२४ एम्पुलसहित पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ ।
यस्तै मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले ६७ हजार अवैध भारुसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत भरवारी दर्बंगा–१२ बस्ने ३० बर्षिय मनोज कुमार ठाकुर रहेका छन्।् । बेलुका ८ बेजतिर पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखीएको छ ।