आज १४७३ जना संक्रमणमुक्त, निकाे हुनेकाे संख्या ७७ हजार २७७ पुग्याे

२५ असोज ७७, सोमबार

२६ असाेज, काठमाडाैँ ।

Advertisement

नेपालमा आज १ हजार ४ सय ७३ काेराेना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन् ।

Advertisement

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।  यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top