रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

२७ बैशाख ७५, शुक्रबार

उदयपुर, २८ वैशाख ः जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ ।

यसरी रिहा भएर पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राई तथा सोही पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल रहेका छन् ।

Advertisement

अन्यमा सो पार्टीका तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, अर्का सदस्य नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

केन्द्रीय सदस्य किरण राईले आफूहरुलाई जिल्ला अदालत उदयपुरले जनही रु १० हजारका दरले धरौटीमा रिहा गरेर तारेखमा उपस्थित हुनेगरी छाडे पनि प्रहरीले साँझपख जिल्ला बार एशोसिएशनको कार्यालयबाट घेरा हालेर पक्राउ गरी मानव अधिकार हनन गरेको बताए।

Advertisement

आफुहरु स्वतन्त्र रुपमा रिहा भएपछि घरजाने र जेठ ३० गते अदालतमा हाजिर हुनुपर्ने तारेख भए पनि प्रहरीले घेरा हालेर अदालतबाट बाहिर जान नदिई रात्रिको समयमा पक्राउ गरेको सो पार्टीका नेता राईले बताए ।

पक्राउ गरिएको विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीआबद्ध नेताहरुलाई अदालतले हाल तत्काल तारेखमा रिहा गरे पनि उनीहरुविरुद्ध मोरङ जिल्ला प्रहरी कार्यालयमा समेत विभिन्न आपराधिक विषयमा उजुरी दर्ता भएका कारण सोधपुछ गर्नुपर्ने हुनाले पुनः पक्राउ गरिएको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top