महिला तथा बालबालिका हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम

२७ बैशाख ७५, शुक्रबार

विराटनगर, बैशाख २८ ः एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका –१५ रानीमा विहीबार उक्त एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असमानता, बाल विवाह , बह–विवाह , जबरजस्ती करणी तथा त्यस सम्बन्धी कानुनी प्रकृया र नेपाल प्रहरीको भूमिकाको विषयमा जानकारी दिएको प्रहरी नायब निरिक्षक कृष्ण कुमारी अधिकारीले बताइन्।

Advertisement

विहान ११ बजेबाट सुरु भएको उक्त कार्यक्रममा करिब ६५ जनाको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top