तीन खान एक साथ, अर्णव गोस्वामीसहित सञ्चारमाध्यमविरुद्ध अदालतमा मुद्दा

२६ असोज ७७, मंगलबार

२७ आश्विन, एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलीवुडका केही सबभन्दा ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार रिपोर्टिङको विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

Advertisement

यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो। उनले आत्महत्या गरेको ठानिएको छ। तर यो मामिलालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्यूज च्यानलहरूले अनवरत रिपोर्टिङ गरे।

तीन खान एक साथ

Advertisement

शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीवुडका दर्जनौँ निर्माता कम्पनीले अहिले ती रिपोर्टिङका केही शैलीलाई लिएर कारबाही गराइमागेका हुन्।

प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीवुडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ, रिट निवेदनमा जिकिर गरिएको छ। पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा ती अभिनेताको निधनको समाचार छाएको थियो।

Advertisement

अहिले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दिल्लीमा उक्त मुद्दा हालेका छन्। प्रतिवादीहरूको प्रतिक्रिया आइसकेको छैन।

उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध हालिएको छ। बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ।

सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ, मुद्दामा भनिएको छ।

के हो यो विषय
चौतीस वर्षीय राजपूत मुम्बईस्थित उनकै फ्ल्याटमा जुन १४ तारिख मृत अवस्थामा फेला परेका थिए। उनले आत्महत्या गरेको प्रहरीले बताएको थियो। तर उनका परिवारले उनको प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिए।

चक्रवर्तीले ती आरोप अस्वीकार गरिन्। त्यसयता अभिनेत्री दीपिका पादुकोनसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ। ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन। सो मामिलालाई अहिले तीनवटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत टुक्राटाक्री जानकारी दिन थालेपछि के भएको हो अनि को जिम्मेवार हो भन्ने विषयमा हल्ला तथा अनुमान व्याप्त भएका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top