ट्रम्प भन्छन्, ‘म रोग प्रतिरोधी भएँ’

२७ असोज ७७, मंगलबार

२७ आश्विन, एजेन्सी ।
दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन्।

Advertisement

निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि रोग प्रतिरोधी बनेको बताए। उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए तथा सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको बताए।

स्यान्डफोर्ड नगरस्थित उक्त र्‍याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन् मानिसहरू विनामास्क उपस्थित छन्। आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चारवटा राज्यमा उनले भ्रमण गर्नेछन्।

Advertisement

सम्वाददाताहरूका अनुसार नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक छ। उनका प्रतिस्पर्धी जो बाइडन भने ओहायो राज्यको भ्रमणमा छन्।

को अगाडि ?
मत सर्वेक्षणहरूमा राष्ट्रियस्तरमा बाइडन ट्रम्पभन्दा १० अङ्कले अगाडि रहेको देखिन्छ।

Advertisement

तर केही कडा टक्कर हुने राज्यहरूमा उनको अग्रता थोरै छ। उदाहरणका लागि फ्लोरिडा जहाँ बाइडन केवल ३.७ अङ्कले मात्र अगाडि रहेको विभिन्न मत सर्वेक्षणको औसत निकालेको संस्था रियल क्लेअर पोलिटिक्सले जनाएको छ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोभिडका लक्षण देखा परेका थिए। एकदिनपछि उनलाई वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। तर आइतवार उनका निजी चिकित्सकले अब उनी अरू मानिसका निम्ति सङ्क्रामक नरहेको बताएका थिए।

गैरजिम्मेवार व्यवहार

फ्लोरिडास्थित बीबीसी सम्वाददाता नोमिया इकबाल भन्छिन् ट्रम्पले आफ्नो ठूला र्‍याली सुरु गर्न यहाँबाट चाहेकोमा कुनै आश्चर्य छैन।

सम्वाददाताहरू भन्छन् चुनाव जित्न राष्ट्रपति ट्रम्पले फ्लोरिडा जसरी पनि जित्नुपर्नेछ। सन् २०१६ मा पनि उनले झिनो अन्तरले फ्लोरिडा जितेका थिए। जीवनभरि न्यूयोर्कका बासिन्दा रहेका ट्रम्पले गत वर्ष सेप्टेम्बरमा आफूलाई फ्लोरिडाका पनि बासिन्दा बनाएका थिए।

फ्लोरिडामा हुने उनको र्‍याली तथा त्यसपछि पेनसिल्भानिया, आयोवा र नर्थ क्यारोलाइनामा हुने कार्यक्रमहरूमाथि विशेष नजर राखिएका छन्। त्यहाँ उनले खासगरि कोरोनाभाइरसबाट बच्ने सावधानीबारे के बोल्छन् र उनको त्यसविषयप्रति धारणा बदलिएका छन् कि छैनन् भनेर विचार गरिनेछ।

आलोचकहरूले उनले मानिसहरूलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको बताएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव केली मकइनानी (जो स्वयं कोभिडका कारण अहिले क्वारन्टीनमा छिन्) ले यी र्‍यालीमा मानिसहरूलाई मास्क लगाउन प्रोत्साहन गरिने र स्यानिटाइजरको व्यवस्था गरिने बताइन्।

बाइडनले भने राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन्। राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड आए तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार अनि त्रास फैलाउने काम बाहेक केही लिएर आएनन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top