×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

१४ महिनापछि रिहा भइन् जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती

२८ आश्विन २०७७

२८ आश्विन, एजेन्सी ।
पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष तथा जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् ।

करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो । गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिलाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो ।

Advertisement
Advertisement

उनलाई जनसुरक्षा अधिनियम (पीएसए) अन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो । जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कंसलले मंगलबार राति मुफ्तीलाई रिहा गरिने टिव्टरमार्फत जानकारी गराएका थिए ।

रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन् । महबूबा मुफ्तीले आफ्नो सन्देशमा भनेकी छिन्, ‘म आज एक वर्षभन्दा बढी समयपछि रिहा भएको छु ।

यस क्रममा ५ अगस्ट, २०१९ को कालो दिनको कालो फैसलाले मेरो मन र आत्मालाई हरपल आघात पुऱ्याइयो । म यकिनका साथ भन्न सक्छु कि जम्मू–कश्मीरका नागरिकलाई पनि त्यस्तै भयो हो । कसैले पनि त्यस दिनको बेइज्जतीलाई बिर्सन सक्दैन ।’

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैरसंवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘दिल्ली दरबारले अगस्ट ५ मा गैरसंवैधानिक, गैरलोकतान्त्रिक र गैरकानुनी ढंगले खोसेको हाम्रो अधिकार फिर्ता गर्नुपर्छ । साथै जम्मू–कश्मीरको अधिकारका लागि हजारौं नागरिकले बलिदानी दिएका छन् ।

जम्मू–कश्मीरको समस्या समाधानका लागि हामीले संघर्ष जारी राख्नुपर्छ । म मान्छु यो बाटो त्यति सहज छैन । तर सबैको हौसला र उद्देश्य एउटै हुने हो भने यो सम्भव छ ।’ उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो । हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ । केहीलाई राजनीतिक बयान जारी नगर्ने सर्तमा पनि रिहा गरिएको बताइएको छ ।

मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो । उनीहरु यसअघि नै रिहा भइसकेका छन् । महबुबालाई उनकै आवास फेयरभ्यू बंगलामा हिरासतमा राखिएको थियो । प्रशासनले उक्त बंगललाई उपजेल घोषणा गरेको थियो ।

Advertisement

नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला र फारुक अब्दुल्लाले रिहा भएपछि मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै आएका छन् । केही दिन पहिले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा फारुक अब्दुल्लाले चीनको सहयोगमा कश्मीरमा ‘धारा ३७०’ र ‘३५ए’ पुनर्वहाली हुने कश्मीरी नागरिकलाई विश्वास भएको बताएका थिए । उनको यो भनाइको निकै आलोचना पनि भयो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top