नेइमारको ह्याट्रिकमा ब्राजिलको जित

२८ असोज ७७, बुधबार

२८ आश्विन, एजेन्सी ।
विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ।

Advertisement

स्टेडिओ नासिओनल डी लिमामा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४–२ गोल अन्तरले जित निकालेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक पुरा गर्दा रिचार्लीसनले १ गोल गरे। खेलमा अग्रता भने पेरुले बनाएको थियो। खेलको छैटौं मिनेटमा एन्ड्री क्यारिल्लोले पेरुलाई अग्रता दिलाएका थिए।

उता ब्राजिलका लागि २८ औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा खेल १–१ को बराबरीमा रोकियो। दोस्रो हाफमा पनि अग्रता पेरुले नै बनाएको थियो।

Advertisement

५९ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए। तर त्यसको पाँच मिनेट भित्रै ब्राजिलका रिचार्लिसनले खेल बराबरीमा ल्याए। त्यस्तै ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए।

पेरुका कार्लोस कासेडा र कार्लोस जाम्ब्रानो क्रमश ८६ र ८९ मिनेटमा रातोकार्ड खाँदै बाहिरिए। त्यसपछि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे। ह्याट्रिकसँगै नेइमार ब्राजिलका लागि धेरै गोलगर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

Advertisement

उनले रोनाल्डोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। रोनाल्डोले आफ्नो करियरमा ६२ गोल गरेका थिए भने नेइमारले ६४ गोल पुर्‍याएका छन्। त्यस्तै ब्राजिलका सर्वाधिक गोलकर्ता पेलेले ७७ गोल गरेका छन्।

लगातार दोस्रो जित निकालेको ब्राजिल अंकतालिकाको शीर्षस्थानमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top