×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

२८ बैशाख २०७५

इनरुवा, २८ वैशाख ः सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन् ।

विभिन्न कारणले जेल जीवन व्यतित गरिरहेका कैदीबन्दी जेलभित्रै मुढा बनाएर आय आर्जन गर्दैआएका छन् । जेलका चौकीदार खड्ग राईका अनुसार कैदीबन्दीले मुढा बनाएर मासिक रु नौ हजारदेखि रु १२ हजारसम्म आम्दानी गर्दैआएका छन् ।

Advertisement
Advertisement

“कैदीबन्दीले मासिक पाँच हजारभन्दा बढी मुढा निर्माण गरी बिक्री गर्ने गरेका छन्,” राईले भने । मुढा बनाउन आवश्यक पर्ने धागो, बाँस, साइकलको टायर, डोरीलगायत सामग्री जुटाउन कारागार प्रशासनले सहयोग गर्दैआएको छ । कैदीबन्दीको कारागार जीवनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मुढा बनाउन सामग्री जुटाएको उनी बताउँछन् ।

कैदीबन्दीले समूहमा काम गरी समूहमै आम्दानीसमेत गर्ने गरेका छन् । आम्दानी भागबण्डा गरी कामको आधारमा लिने गरेको चौकीदार प्रेम लावतीले बताए । कैदीबन्दीले समूहमै टायर काट्ने, बाँसको टुक्रा बनाउने र डोरी तथा धागो लगाउने काम गर्नेगरेका छन् ।

कैदीबन्दीले मुढासँगै बाँसको रचनात्मक फूल, फुलदानी र विभिन्न खेलौना बनाई आम्दानी गरिरहेका छन् । उनीहरुले बाँसको कलात्मक हस्तकलाका सामग्री तयार गर्र्ने गरेका छन् । कच्चा पदार्थ हप्तामा एक पटक ल्याउने गरेको कारागारका जेलर गणेश अधिकारीले बताए । कैदीबन्दीले रु २०० को लगानीमा एउटा मुढा निर्माण गरी रु २८० सम्ममा बिक्री गर्ने गरेका छन् ।

Advertisement
Advertisement

“बिक्री गर्न बजारको समस्या छैन,” अधिकारीले भने । क्षेत्रीय कारागार झुम्कामा अहिले एक हजार ४३४ कैदीबन्दी रहेका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top