×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने

२८ बैशाख २०७५

काठमाडौँ, २८ वैशाख ः वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एमनेष्टी इन्टरनेशनल नेपालले आज काठमाडाैँमा आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन र कानुनमा समयानुकूल परिमार्जन हुनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

सो अवसरमा वैदेशिक रोजगार विभागका निर्देशक भुवनप्रसाद आचार्यले वैदेशिक रोजगार सम्बन्धी विधमान ऐनले यस क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न नसक्ने भएकाले यसमा समयानुकूल परिमार्जन हुनुपर्छ भने ।

महानगरीय प्रहरी परिसर टेकुका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले बाध्यता र प्रलोभनका कारण नेपालका युवा मानव बेचबिखनमा पर्ने गरेको बताउँदै “विदेश जाने र पठाउने दुवैको मनसायका कारण पीडा पाइसकेपछि मात्र पीडित सम्पर्कमा आउने गर्छन् ”भने ।

एमनेष्टी इन्टरनेशनलका सचिव सोम लामिछानेले वैदेशिक रोजगारीमा ठगीको छानविनका लागिसमेत काठमाडौँ केन्द्रित भएकाले थप समस्या आएको बताउँदै “वैदेशिक रोजगारीको विषयलाई स्थानीय रुपमा समेत विस्तार गर्नुपर्छ भने।”

मलेसियामा चार लाख दस्तावेजीकरण तीन लाख दस्तावेजविहीन कामदार रहेको पनि उनले जानकारी दिए।

Advertisement
Advertisement

एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारी नेपालको बाध्यतामात्र नभई विकल्पका रुपमा राखिनुपर्नेमा जोड दिए।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top