मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन

२७ बैशाख ७५, शुक्रबार

दाङ, २८ वैशाख ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गरेका छन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको मुख्यमन्त्रीलाई अवलोकन गराएका हुन् ।

घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाको गँगटे, वडा नं १७ को ढिकपुर र आरोग्य जलाशयको मुख्यमन्त्री पोखरेलले अवलोकन गरेका हुन् ।

Advertisement

अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले पानीको स्रोत बढाउने र किसानलाई फाइदा पुग्ने खालका जलाशय निर्माणले दीर्घकालीन फाइदा पु¥याउने बताए । जलाशयलाई सुरक्षित बनाउँदै अधिकतम लाभ लिन उपमहानगर र स्थानीयवासीलाई आग्रह गरेका छन् ।

जलाशय आसपासमा किसानले मकै र तरकारीखेती गरेर राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । जलाशयलाई स्थानीयवासीले नै संरक्षण गर्नुपर्ने भन्दै अधिकतम लाभ लिनसमेत सुझाव दिए।

Advertisement

जलाशयमा माछापालन र पानीबाट सिँचाइमा विशेष ध्यान दिँदै आयस्रोत बढाउने गरी प्रयोगमा ल्याउन मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले घोराही १७ गुलरियामा निर्माणाधीन खेल मैदानको समेत अवलोकन गरेका छन् । प्रदेशस्तरको रंगशाला बनाउने गरि आफूहरुले काम गर्ने समेत मुख्यमन्त्री पोखरेलले बताए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top