काठमाडौंको सोह्रखुट्टेमा एलपी ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

२९ असोज, काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा एलपीजी ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ ।

Advertisement

बिहीबार दिउँसो भएको आगलागीमा परी ३ जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

Advertisement

अहिले घटनास्थलमा दमकल र प्रहरीको टोलीले आगो निभाइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top