आज ३५६४ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

२९ असोज ७७, बिहीबार
Share this
655shares

२९ असाेज, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। याे सँगै आजसम्म देशभरी ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

त्यस्तै आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top