संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी

३ कात्तिक ७७, मंगलबार

३ कात्तिक, कास्की ।

रामसार सूचीमा सूचीकृत पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको संरक्षणका लागि संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी गरिएको छ । दिगो संरक्षण एवं व्यवस्थापनका लागि ताल एवं यसको जलाधार क्षेत्रको एकीकृत विकास र व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गत बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले संरक्षित क्षेत्र घोषणा गर्ने प्रयोजनका लागि सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया शुरु गरेको हो ।

सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश गरेकामा पुनः विसं २०७५ वैशाख १६ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले संरक्षित फेवा जलाधार घोषणाको काम अघि बढाउन गत साउन ५ गते विशेष निर्णय गरी फेवाताललार्ई प्रचलित कानूनबमोजिम संरक्षित जलाधार क्षेत्र र वातावरण संरक्षण क्षेत्र कायम गर्न वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिएपछि जिल्लामा त्यसको तयारी शुरु गरिएको हो ।

Advertisement

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा गठित जिल्ला भू–तथा जलाधार संरक्षण समितिले जलाधार क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीवासीसँग छलफल गरी राय सुझाव लिने तथा सरकारलाई घोषणाका लागि स्थानीयवासीबाट प्रतिबद्धता व्यक्त गराउन शुरु गरेको हो ।

सो समितिले सरोकार भएका सबै पक्षसँग छलफल गरी सरकारलाई संरक्षित फेवा जलाधार क्षेत्र घोषणाका लागि सिफारिस गर्नेछ । फेवा जलाधार क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३, ५, ६, ७, ८, १७, १८, २३ र २४ वडा पर्दछन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं १, २, ३ र ४ नं वडा पर्ने भएकाले त्यस क्षेत्रका जनतासँग सुझाव लिएर सरकारलाई सिफारिस गरिने प्रमुख अधिकारीले बताए ।

Advertisement

फेवातालको ड्यामलाई तालको पानी निकास बिन्दु मान्दा फेवा जलाधारको जम्मा क्षेत्रफल १२३ वर्ग किमी छ । यहाँ बसोेबास गर्ने जनसङ्ख्या एक लाख ३३ हजार ६६४ छ । प्रमुख अधिकारीले जलाधार क्षेत्रबाट वार्षिक एक लाख ४२ हजार मेट्रिकटन ढुङ्गा, माटोलगायतका गेग्रान तालमा मिसिँदा ताल पुरिँदै गएकाले जलाधार क्षेत्रको संरक्षणबाट मात्र ताल जोगिने बताए ।

“फेवातालको मूल जलाधार क्षेत्र हो, यसको संरक्षणबिना तालको संरक्षण हुँदैन”, उनले भने, “समग्र जलाधार क्षेत्रको एकीकृत व्यवस्थापनका लागि सरकारले संरक्षित क्षेत्र घोषणा गरी बृहत् योजना बनाउनेछ ।” जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले जलाधार क्षेत्रमा आइरहेका समस्या समाधान गरी भूउत्पादकत्व वृद्धि तथा स्थानीयवासीको जीवनस्तर सुधारका लागि संरक्षित क्षेत्र घोषणा गरिने बताए ।

संरक्षणको सोचबिनाको अव्यवस्थित विकास निर्माणका कार्यबाट बाढीपहिरोको प्रकोप बढ्न गई माटो तालमा मिसिँदा फेवातालको क्षेत्रफल घट्दै गएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वको सम्पदा फेवाताल प्राकृतिक र मानवीय कारणबाट तालको निरन्तर क्षयीकरण भइरहेकाले जलाधार संरक्षण नगरी विकास गर्दा तालको आयु घट्ने भएकाले संरक्षित जलाधार घोषणा गर्न लागिएको बताइन्छ ।

संरक्षित जलाधार घोषणापछि जलाधार क्षेत्रको भू-उपयोग योजनातर्जुमा तथा कार्यान्वयन, भू–क्षमताका आधारमा उपयोग नीति तथा भूक्षय, बाढी, पहिरो जस्ता प्रकोपको नियन्त्रणका लागि सडक पाखोको संरक्षणका कार्यक्रम सञ्चालन हुने भएकाले तालको संरक्षण हुने बताइन्छ । रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top