बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष

४ कात्तिक ७७, मंगलबार

४ कात्तिक, काठमाडाैँ ।

Advertisement

जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको एक नेताले जानकारी दिए । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।

Advertisement

पार्टी एकीकरण हुनुअघि  भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top